मोदी र नेतान्याहूबीच भेटवार्ता

 

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूबीच भेटवार्ता भएको छ । आजै इजरायल पुगेका मोदीले नेतन्याहूसँग भएको भेटलाई उत्कृष्ट र फलदायी बताएका छन् ।

मोदीले नौ वर्षपछि पुनः इजरायल फर्किन पाउँदा खुशी लागेको उल्लेख गर्दै आफूलाई दिइएको न्यानो स्वागतका लागि प्रधानमन्त्री नेतन्याहूप्रति आभार व्यक्त गरेका छन् ।

भेटका क्रममा दुई देशबीचको सम्बन्धलाई अझ गहिरो र सुदृढ बनाउने विषयमा व्यापक छलफल भएको जनाइएको छ । प्रविधि, जलस्रोत व्यवस्थापन, कृषि, मानव स्रोत विकासलगायतका क्षेत्रमा सहकार्य विस्तार गर्ने सम्भावना रहेको विषयमा दुवै नेताबीच सहमति बनेको बताइएको छ ।

त्यसैगरी, क्षेत्रीय अवस्थाका पछिल्ला प्रमुख घटनाक्रमबारे समेत दुई नेताबीच गहन विचार -विमर्श भएको मोदीले उल्लेख गरेका छन् । भारत र इजरायलबीचको मित्रवत सम्बन्धलाई आगामी दिनमा थप उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरिएको छ ।

#Modi #Netanyahu #IndiaIsraelRelations #DiplomaticMeeting #GlobalNews #InternationalRelations #WorldUpdate #समसामयिकसमाचार #मुख्यसमाचार #अन्तर्राष्ट्रियसमाचार #NepalNews #WorldPolitics #NepalUpdate #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD

 

Nepal life insuranceimagesimages