

काठमाडौँ । रिज लाइन इनर्जी लिमिटेडले आइपिओ आज बाँडफाँड हुदैछ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका अनुसार रिज लाइन इनर्जीको आइपिओ बाँडफाँड आज बिहान ९ बजे हुने भएको हो ।

कम्पनिको माघ २८ गतेदेखि फागुन ४ गतेसम्म खुलेको आइपिओमा २६ लाख ६२ हजार ७९३ लगानीकर्ताले आवेदन दिएका छन् ।
यस आइपिओमा आवेदन दिएका एक लाख १८ हजार २६ लगानीकर्ताले १०-१० कित्ता शेयर पाउने छन् ।

कम्पनीले ११ करोड ८० लाख २६ हजार रूपैयाँ बराबरको प्रतिसेयर १०० रूपैयाँ दरका ११ लाख ८० हजार २६० कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि आवेदन मागेको थियो ।

कम्पनीले जारी पुँजी १ अर्ब १८ करोड ५० लाख रूपैयाँको २२ प्रतिशत अर्थात २६ करोड ७ लाख रूपैयाँ बराबरको २६ लाख ७ हजार कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको थियो । जसमध्ये ११ लाख ८५ हजार कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि र १ लाख ४२ हजार २०० कित्ता साधारण सेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरूका लागि निष्कासन गरि बाँडफाँड गरिसकेको छ ।
कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयरएनपी डबल बी इस्युर’ रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ ।



