

काठमाडौँ । बंगलादेशको एक अदालतले शेख हसिनाको अवामी लिग सरकारका पूर्वमन्त्री सैफुज्जमान चौधरी जावेदको बेलायतमा रहेको ५१८ फ्ल्याट र अपार्टमेन्ट जफत गर्ने आदेश दिएको छ । सैफुज्जमान चौधरी जावेद अवामी लिग सरकारमा भूमिमन्त्री थिए ।

ढाका ट्रीब्युनका अनुसार बंगलादेश भ्रष्टाचार विरोधी आयोग (एसीसी) को निवेदनको सुनुवाइपछि ढाका महानगरका वरिष्ठ विशेष न्यायाधीश सब्बीर फैजले यस्तो आदेश जारी गरेका हुन् ।
अदालतले पूर्वमन्त्री जावेदका ५१८ फ्ल्याट र अपार्टमेन्टहरूको मूल्य २७१.८ मिलियन पाउण्ड रहेको बताएको छ ।
अदालतमा गरिएको आफ्नो निवेदनमा, एसीसीले अचल सम्पत्तिहरू अर्को नाममा स्थानान्तरण हुनबाट रोक्नको लागि जफत गर्नु आवश्यक रहेको बताएको छ ।
जावेदले २०१४ देखि २०१८ सम्म भूमि राज्यमन्त्री र २०१९ देखि २०२३ सम्म भूमिमन्त्रीको रूपमा काम गरेका थिए । उनलाई २०२४ को संसदीय चुनावअघि विदेशमा ठूलो सम्पत्ति रहेको आरोप लागेको थियो ।
#बंगलादेशसमाचार #हसिनासरकार #अन्तर्राष्ट्रियसमाचार #BangladeshNews #UKFlats #CorruptionNews #GlobalNews #InternationalUpdate #BreakingNews #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD



