काँग्रेसले सरकारको नेतृत्व लिए सबैभन्दा पहिला देउवाको सम्पती छानविन गर्छः गगन थापा

 

नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले आफ्नो पार्टीले सरकार बनाएर निःवर्तमान सभापति शेरबहादुर देउवाको सम्पत्ति सबैभन्दा पहिले छानविन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।शुक्रवार पोखरामा आयोजित चुनावी सभामा बोल्दै उहाँले आफ्नो पार्टीले सरकार बनाए सबैभन्दा पहिला प्रधानमन्त्री भएका देउवा र मन्त्री भईसकेको आफ्नो सम्पत्ति छानविन गर्ने बताउनुभएको हो ।

सभापति थापाले भ्रष्टाचार छानविनका लागि शक्तिशाली आयोग बनाउने र मुलुकमा फेरि कसैले पनि भ्रष्टाचार गर्न नसक्ने गरी काम गर्ने काँग्रेसको संकल्प रहेको जिकिर गर्नुभयो । सभापति थापाले मुलुकमा शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, उद्योग क्षेत्रमा प्रत्येक क्षेत्रमा ५ वर्ष भित्र क्रान्तिकारी रुपातरण ल्याउने गरी काँग्रेसले सरकार बनाएर काम गर्ने आश्वासन समेत दिनुभयो ।

Nepal life insurance

उहाँले भन्नुभयो,‘देशले भ्रष्टाचारबाट मुक्ति चाहेको छ । यो नेपाली काँग्रेसको सरकारले पहिलो काम एउटा शक्तिशाली आयोग गठन गर्छं । त्यो शक्तिशाली आयोगले २०४६ सालपछि प्रधानमन्त्री हुनु भएको शेरबहादुर देउवाको सम्पती, मन्त्री भएको गगन थापाको सम्पती सबैभन्दा पहिला त्यहाँबाट छानविन शुरु गर्छ । आफ्नो बा भएपनि छोडदैन । एउटा, एउटा कुराको छानविन गर्छ । एउटा एउटा काण्डको छानविन गर्छ ।र, भविष्यमा त्यस्तो कुनैपनि काण्ड हुन पनि दिन्न । त्यसका लागि संस्था बनाउँछ, कानून बनाउँछ । यो नेपाली काँग्रेस पार्टीले संकल्प गरेर आएको छ । शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, उद्योगमा प्रत्येक क्षेत्रमा ५ वर्ष भित्र क्रान्तिकारी रुपातरण ल्याउँछ । तर कसरी ? चावुक चलाएर होइन । कसैलाई झुण्डयाएर होइन, कसैलाई ठोकेर होइन । नियम, कानून भित्र रहेर त्यो काम सकिन्छ ।’ 

सभापति थापाले काँग्रेसले सरकारको नेतृत्व लिनका लागि मुलुकलाई अघि बढाउने सबै विषयमा मिहिन ढंगले छलफल गरेको दाबी समेत गर्नुभयो ।

#GaganThapa #SherBahadurDeuba #NepaliCongress #NepalPolitics #SampatiChaanbin #NepalNews #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

images

 

Nepal life insuranceimagesimages

images