

काठमाडौँ । भारतीय अभिनेत्री दीपिका पादुकोणले चर्चित हलिउड टेलिभिजन सिरिज ‘द ह्वाइट लोटस’ को चौथो सिजनमा अभिनय गर्ने अवसर गुमाएकी छन् । मिडिया रिपोर्टका अनुसार अडिसन दिन अस्वीकार गरेपछि उक्त भूमिका उनको हातबाट फुत्किएको हो ।

सिरिज निर्माण टोलीले दीपिकालाई भूमिकाका लागि प्रस्ताव गरे पनि सबै कलाकारका लागि अडिसन अनिवार्य बनाइएको थियो । तर उनले अडिसन प्रक्रियामा सहभागी हुन नचाहेपछि छनोट प्रक्रिया अघि बढ्न नसकेको जनाइएको छ ।
यसअघि पनि सिरिजको तेस्रो सिजनका लागि उनलाई प्रस्ताव गरिएको थियो । त्यसबेला गर्भावस्थाका कारण उनले काम स्वीकार गर्न नसकेको बताइएको छ । चौथो सिजनको तयारीसँगै पुनः प्रस्ताव आए पनि अडिसन सम्बन्धी सर्तका कारण सहकार्य सम्भव हुन नसकेको बताइएको छ ।


लोकप्रिय अमेरिकी हास्य-नाटक सिरिजका रूपमा चिनिएको द ह्वाइट लोटस विश्वभर चर्चित रहँदै आएको छ । यस सिरिजमा सहभागी हुन पाएको भए दीपिकाको हलिउड यात्रामा ठूलो पुनरागमन हुने अनुमान गरिएको थियो ।
हाल दीपिका आगामी चलचित्र किङ मा अभिनेता शाहरुख खानसँग देखिने तयारीमा छन् भने दक्षिण भारतीय अभिनेता अल्लु अर्जुनसँगको नयाँ परियोजनामा पनि उनी व्यस्त रहेकी छन् ।
#DeepikaPadukone #HollywoodSeries #BollywoodNews #EntertainmentUpdate #FilmIndustry #CelebrityNews #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomH



