

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति तथा निर्वाचन परिचालन समितिका संयोजक शर्माले विदेशमा रहेका नेपालीहरूलाई जिम्मेवार निर्णय लिन सबैलाई अपिल गरे ।
शनिबार भिडियो सन्देश जारी गरेर विदेशमा रहेका नेपालीहरुलाई सम्बोधन गर्दै शर्माले निर्वाचनमा जिम्मेवार निर्णय लिन अपिल गरेका हुन् ।
उनले विदेशमै रहेर मतदान गर्न चाहनेहरूको अधिकार सुनिश्चित गर्न सर्वोच्च अदालतको परमादेशअनुसार काम भइरहेको र कांग्रेसले यसमा प्रतिबद्धतापूर्वक अघि बढिरहेको बताए ।

विशेष महाधिवेशनमार्फत कांग्रेसमा नीतिगत र नेतृत्वगत रूपान्तरण गरेर चुनावमा आएको बताउदै उपसभापति शर्माले जेनजीको चाहना अनुसार परिवर्तनको सुरुवात कांग्रेसले गरेको दाबि गरे । नयाँ पुस्ताले खोजेको राजनीतिक र प्रशासनिक सुधारलाई काँग्रेसले सम्बोधन गर्ने समेत दाबी गरे ।
उपसभापति शर्माले प्रवासी नेपालीसँग सहकार्यको अवधारणा अघि सार्दै ठूला पूर्वाधार आयोजनामा उनीहरूको लगानी र सहभागिता सुनिश्चित गर्ने योजना काँग्रेसले आफ्नो प्रतिज्ञा पत्रमा ल्याएको जानकारी दिए । उनले बुढीगण्डकी जलविद्युत् आयोजना जस्ता १२०० मेगावाट क्षमताका परियोजनामा सरकारी, निजी र डायस्पोरा साझेदारीमार्फत लगानी जुटाउने योजना काँग्रेसले अगाडी सारेको उल्लेख गरे ।
विदेशमा रहेका नेपालीलाई कांग्रेसले चुपचाप मत दिन नभन्ने भन्दै प्रश्न गर्न, स्पष्ट बनेर मात्रै मत दिन आग्रह गरे ।
#BishwaPrakashSharma #NepaliDiaspora #NepalPolitics #ResponsibleDecision #NepalNews #PoliticalAppeal #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD



