

काठमाडौँ । इरानले बहराइन, अबुधाबी र कतारमा रहेका अमेरिकी सैन्य बेसमा मिसाइल आक्रमण गरेको छ । बहराइनको गृह मन्त्रालयले आफ्ना नागरिकलाई तत्काल नजिकको सुरक्षित स्थानतिर सर्न आग्रह गरेको छ । त्यस्तै कतारका एक अधिकारीका अनुसार, कतारले आफ्नो क्षेत्रमा दुईवटा इरानी क्षेप्यास्त्रलाई रोक्न सफल भएको बताइएको छ ।

यो घटनाले इरानले अमेरिकी हमलापछि प्रतिशोध स्वरूप यस्तो कदम चालिरहेको संकेत गरेको छ ।
अमेरिका र इजरायलले शनिबार बिहान इरानमाथि आक्रमण शुरु गरेपछि इरानले पनि पनि जवाफी आक्रमण शुरु गरेको छ । जस अनुसार इरायलका विभिन्न शहरहरुमा पनि विस्फोटका आवज सुनिएको बताइएको छ भने शहरमा साइरन बजिरहेको छ ।
#IranMissileAttack #USEmbassyBase #Bahrain #UAE #Qatar #MiddleEastConflict #GlobalNews #WorldCrisis #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD



