इरान आक्रमणपछि विश्वभर इन्धन अभाव र महँगी बढ्न सक्ने

 

काठमाडौँ । अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमण तथा त्यसको जवाफमा इरानले गरेको प्रतिकारपछि विश्व तेल बजारमा अस्थिरता बढ्ने चिन्ता देखिएको छ ।

मध्यपूर्व क्षेत्रबाट विश्वको करिब २० प्रतिशत तेल आपूर्ति हुने भएकाले यहाँको तनाव बढ्दा विश्वभर तेल अभाव र महँगी बढ्न सक्ने अनुमान गरिएको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्थाहरूका अनुसार क्षेत्रीय तनाव चाँडै नियन्त्रणमा नआए बजार खुल्नेबित्तिकै तेलको मूल्य तीव्र रूपमा बढ्न सक्ने सम्भावना रहेको छ । हालै कच्चा तेलको मूल्य प्रतिव्यारेल करिब ७० अमेरिकी डलरसम्म पुगेको थियो, जुन पछिल्ला केही महिनाकै उच्च स्तर मानिएको छ ।

इरानको प्रमुख तेल निर्यात क्षेत्र खार्ग टापु आसपास पनि विस्फोट भएको खबर आएको छ । यही क्षेत्रबाट इरानको अधिकांश तेल विदेश निर्यात हुने गर्दछ ।

यद्यपि हालसम्म विश्वका लागि अत्यन्त महत्वपूर्ण मानिने होर्मुज जलमार्ग हुँदै आवतजावत गर्ने तेल बोकेका जहाजहरूमा इरानले सो मार्ग बन्दको घोषणा गरेपनि ठूलो असर नपरेको जनाइएको छ ।

दैनिक रूपमा लाखौँ व्यारेल तेल यही समुद्री मार्गबाट विश्व बजारमा पुग्ने भएकाले यसको सुरक्षा अवस्थालाई नजिकबाट निगरानी गरिएको छ ।

#इरानआक्रमण #विश्वअर्थतन्त्र #इन्धनअभाव #महँगी #GlobalCrisis #OilPriceHike #WorldEconomy #EnergyCrisis #InternationalNews #EconomicUpdate #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

Nepal life insuranceimagesimages