काँग्रेसले आगामी ५ वर्ष मुलुकको सुशासन र विकासका लागि सदुपयोग गर्ने प्रतिज्ञा लिएको छः गगन थापा

 

नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले आफ्नो सरकारको नेतृत्व पाए आगामी ५ वर्ष मुलुकको सुशासन र विकासका लागि सदुपयोग गर्ने बताउनुभएको छ ।

आईतवार काठमाडौंमा आयोजित पार्टीको चुनावी सभामा बोल्दै उहाँले आगामी ५ वर्षको अवधि मुलुकलाई विकास र सुशासनमा परिणाम दिने गरी हरेक क्षणको सदुपयोग गर्ने प्रतिज्ञासहित अघि बढेको जिकिर गर्नुभएको हो । सभापति थापाले विगत केही समय यता सबै दलहरु सरकार बनाउने र टिकाउने धन्दामा लागेकाले अब परिणाम आउने गरी काम गर्नुपर्ने बेला आएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अबको पाँच वर्षको अवधि सरकार बनाउने र टिकाउनेमा जाने होइन । अबको अवधि परिणाम दिने ठाउँमा जानु पर्दछ । त्यसैले नेपाली काँग्रेस पार्टीको तर्फबाट हामी एउटा प्रतिज्ञा लिएर उभिएका छौ–हामी यो ५ वर्षको प्रत्येक दिनको प्रत्येक क्षण नेपालको सुशासन र विकासका लागि सदुपयोग गर्न चाहन्छौ एक क्षण पनि खेर नफाली । त्यसका निम्ति एउटा सोचका साथमा, संकल्पका साथमा र योजनाका साथमा हामी आएका छौँ ।‘

सभापति थापाले मुलुकलाई अघि बढाउन सबै दलहरुबीच सहकार्य गरेर अघि बढ्नुपर्ने अवस्था रहेको पनि स्पष्ट पार्नुभयो । –न्युज एजेन्सी नेपाल
#गगनथापा #नेपालीकाँग्रेस #सुशासन #विकास #राजनीतिप्रतिज्ञा #NepalPolitics #DemocracyNepal #PoliticalCommitment #Election2026 #NepalNews #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

 

Nepal life insuranceimagesimages