इरानसँग जारी युद्ध चारदेखि पाँच हप्तासम्म लम्बिन सक्छ- ट्रम्प

 

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध चारदेखि पाँच हप्तासम्म लम्बिन सक्ने बताएका छन् । यसअघि उनले युद्ध करिब चार हप्ता चल्ने बताएका थिए । अहिले भने अवस्था हेर्दा पाँच हप्तासम्म जान सक्ने संकेत दिएका हुन् ।

Nepal life insurance

ट्रम्पका अनुसार अमेरिकाले इरानको हालको नेतृत्वपछि सत्ता सम्हाल्न सक्ने केही व्यक्तिलाई निशाना बनाएको थियो । ‘एपिक फ्युरी’ नाम दिइएको सैन्य कारबाहीको पहिलो दुई दिनमै ती सबै मारिएको उनको दाबी छ ।

आइतबार इरानको आक्रमणमा तीन अमेरिकी सैनिकको ज्यान गएको थियो भने पाँच जना घाइते भएका थिए । ट्रम्पले ती सैनिकको मृत्युको बदला नलिएसम्म इरानमाथिको आक्रमण जारी रहने बताएका छन् ।

यसैबीच, अन्तर्राष्ट्रिय समाचार संस्था रायटर्सले गरेको सर्वेक्षणअनुसार केवल एक चौथाइ अमेरिकी मात्र इरानमाथि भइरहेको अमेरिका-इजरायलको आक्रमणको पक्षमा छन्। सर्वेक्षणमा ४३ प्रतिशतले युद्धप्रति असहमति जनाएका छन् भने २९ प्रतिशतले स्पष्ट धारणा नदिएको बताइएको छ । ४२ प्रतिशत रिपब्लिकन समर्थकले अमेरिकी सैनिक मारिए समर्थन नगर्ने बताएका छन् ।

उता अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले आज पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको छ । शनिबारदेखि इरानमाथि सुरु भएको आक्रमणपछि पहिलो पटक कुनै उच्च अमेरिकी अधिकारीले औपचारिक रूपमा जानकारी दिन लागेका हुन् । पत्रकार सम्मेलनमा संयुक्त सैन्य प्रमुख समितिका अध्यक्ष जन केन पनि सहभागी हुने जनाइएको छ । रक्षा मन्त्रालयले इरानमाथिको आक्रमण र समग्र सैन्य कारबाहीबारे विस्तृत जानकारी दिइने जनाएको छ।

#IranWar #TrumpStatement #WorldNews #GlobalConflict #MiddleEastCrisis #WarUpdate #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

Nepal life insuranceimagesimages