यसरी गरिएको थियो खामेनीको निगरानी र आक्रमण

 

काठमाडौँ । इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको ज्यान जाने गरी भएको आक्रमण मध्यरातमा नभई दिनमै गरिएको खुलासा भएको छ । अमेरिका र इसराइलले केही घण्टा अघि प्राप्त गोप्य सूचनाको आधारमा मौका छोपेर आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

महिनौँदेखि खामेनीको गतिविधि निगरानीमा राखिएको बताइएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा लेख्दै उन्नत अनुगमन प्रणालीबाट उनी बच्न नसकेको दाबी गरेका थिए ।

न्यूयोर्क टाइम्सका अनुसार आक्रमणअघि प्राप्त गोप्य सूचना अमेरिकी गुप्तचर निकाय सिआईएबाट आएको थियो र सो जानकारी इसराइलसँग साझा गरिएको थियो ।

शनिबार बिहान तेहरानको एक सुरक्षित परिसरमा खामेनीसहित उच्च सैनिक तथा गुप्तचर अधिकारीहरू उपस्थित हुने जानकारी पाएपछि आक्रमण योजना बनाइएको बताइएको बताइएको । स्थानीय समयअनुसार बिहान करिब ९: ४० बजे इसराइली लडाकु विमानले उक्त क्षेत्रमा करिब ३० बम खसालेको खबर छ । खामेनी सुरक्षाका लागि भूमिगत शरणस्थलमा रहेको अनुमान गरिएको थियो, त्यसैले गहिरो लक्ष्य भेद्न धेरै हतियार प्रयोग गरिएको जनाइएको छ ।

यसै क्रममा इरानका राष्ट्रपति मसूद पेजेशकियनको कार्यालय आसपास पनि आक्रमण भएको थियो । उनले आफू सुरक्षित गरेको बताएका छन् ।

इसराइलले आक्रमणमा इरानका सात उच्च रक्षा अधिकारी मारिएको दाबी गरेको छ । मृतकमा रक्षा परिषद्का सचिव अली शामखानी, रक्षामन्त्री ब्रिगेडियर जनरल अजीज नसिरजादेह र इस्लामिक रिभोल्युसनरी गार्ड क्रोप्सका कमाण्डर जनरल मोहम्मद पाकपोर समेत रहेको बताइएको छ ।

हमलाको समयमा ट्रम्प फ्लोरिडास्थित मार ए लागो रिसोर्टमा आफ्ना वरिष्ठ अधिकारीहरूसँग अवस्थाको निगरानी गरिरहेका थिए । खामेनीको मृत्यु पुष्टि हुन भने केही घण्टा लागेको थियो ।

इरानले सम्भावित परिस्थितिलाई ध्यानमा राख्दै शीर्ष नेतृत्वको उत्तराधिकार योजना पहिले नै तयार गरेको खबर पनि बाहिर आएको छ । यस घटनाले क्षेत्रीय तनाव झन् बढ्ने अनुमान गरिएको छ, तर यसले समग्र द्वन्द्वमा कस्तो असर पार्नेछ भन्ने अझै स्पष्ट छैन ।

#KhameneiAttack #IranNews #GlobalUpdate #MiddleEastCrisis #WorldNews #WarReport #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

Nepal life insuranceimagesimages