काँग्रेसले मध्यपूर्वको अवस्थाबाट प्रभावित नेपालीको सहयोगका लागि सञ्चालनमा ल्यायो ‘हेल्प डेस्क’

 

काठमाडौँ । नेपाली कांग्रेसले मध्यपूर्वमा विकसित पछिल्लो अवस्थाबाट प्रभावित नेपालीको सहयोगका लागि ‘हेल्प डेस्क’ सञ्चालनमा ल्याएको जनाएको छ ।

पार्टी सभापति गगन थापाका अनुसार स्वदेश र मध्यपूर्वका विभिन्न देशमा समस्यामा परेका नेपालीहरुलाई राहत, स्थानान्तरण तथा तत्काल उद्धारको आवश्यकता परेमा काँग्रेसको हेल्प डेस्कमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

सरकारले आफ्नो तर्फबाट काम गरिरहेको जनाउँदै नेपाली कांग्रेसले थप सहयोगका लागि यो व्यवस्था सुरु गरिएको जनाएको छ । सम्बन्धित देशमा रहेका नेपाली जनसम्पर्क समिति र गैरआवासीय नेपाली संघका प्रतिनिधिहरूले समन्वय गरिरहेको जानकारी दिइएको छ ।

उडान अवरुद्ध भएर काठमाडौँमा रोकिएका व्यक्तिलाई गृह जिल्ला पुग्न यातायातको समेत व्यवस्था मिलाइएको पार्टीले जनाएको छ ।

सहयोग वा समन्वय आवश्यक परेमा सम्बन्धित देशका तोकिएका सम्पर्क व्यक्तिमार्फत फोन वा सन्देश पठाई सहयोग लिन सकिने नेपाली कांग्रेसले जानकारी दिएको छ।

साथै उडान अवरुद्द भएर काठमाडौँमा रोकिकाहरूलाई आफ्नो गृह जिल्ला वा घरसम्म पुग्नका लागि यातायातको पनि आवश्यक प्रबन्ध गरेको बताउदै आवश्यक सहयोग वा समन्वयका लागि निम्न उल्लेखित नम्बरहरूमा फोन वा ह्वाट्सएप मार्फत सम्पर्क गरी सहयोग लिन सकिने बताइएको छ ।

सम्पर्क विवरणहरू:

नेपाली कांग्रेस केन्द्रीय पार्टी कार्यालय सम्पर्क कृष्ण दुलाल – (९८५२०५४०८१ )

सम्पर्क व्यक्ति- सुदिप ढुङ्गाना- (९८४००४०७१७)

-काठमाडौं बाहिर जान यातायातको लागि: भरतप्रसाद अर्याल (९८४९८८४३७२)

– बहराइन: शेर बहादुर रावत (+९७३ ३९०१६३९३) / पदम सुन्दर गुरुङ (+९७३ ६६९०७०९४)

– कतार: मोहम्मद अजिज (+९७४ ५५२३५९२१) / राज रेग्मी (+९७४ ६६६८२०६७)

– यूएई: भुवानि प्र. तिमल्सिना (+९७१ ५० ७९५ १०१९) / रमेश श्रेष्ठ  (+९७१  ५० ३९८ ०४९९)

– इजरायल: खगेश्वर अधिकारी – (+९७२ ५४ २८५९४७६)/राजेन्द्र उप्रेती (+९७२ ५३ ७८२७६१९ )

#NepaliCongress #HelpDesk #MadhyapurCrisis #NepaliAbroad #HumanitarianSupport #NepalNews #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

Nepal life insuranceimagesimages