परिचय खुल्ने ६ प्रकारका परिचय पत्रले मतदान गर्न पाइने

`

 

काठमाडौँ ।  फागुन २१ गते बिहीबार देशका १६५ निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा सदस्यका लागि निर्वाचन हुँदैछ ।

निर्वाचन आयोगले मतदान गर्न जाँदा मतदाताहरूले आफ्नो परिचय खुल्ने ६ प्रकारका परिचय पत्रले मतदान गर्न पाइने स्पष्ट गरेको छ ।

आयोगले मतदाता परिचयपत्र बाहेक अन्य परिचय खुल्ने कागजले पनि मतदान गर्न पाइने स्पष्ट गरेको छ ।

आयोगका अनुसार मतदाता परिचय पत्र बाहेक नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारीचालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्रले पनि मतदान गर्न पाइने व्यवस्था गरेको छ ।

मतदान केन्द्रमा महिला र पुरूषका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको छ भने आयोगले देशका सबै मतदान केन्द्रमा शारीरिक रूपमा अशक्त भएका, वृद्धवृद्धाहरू, गर्भवती महिला, सुत्केरी महिला र शारिरीक रूपमा आफैले आफ्नो मतदान गर्न नसक्ने व्यक्तिहरुको लागी विशेष व्यवस्था गरेको छ ।

शारीरिक रूपमा अशक्त व्यक्ति, ज्येष्ठ नागरिक, गर्भवती तथा सुत्केरी महिला र आफैले मतदान गर्न कठिनाइ हुने व्यक्तिहरूले मतदान अधिकृत, सहायक मतदान अधिकृत वा खटिएका कर्मचारी तथा स्वयंसेवकबाट आवश्यक सहयोग लिन सक्ने आयोगले जानकारी दिएको छ ।

#मतदान #परिचयपत्र #मतदाता_पहिचान #निर्वाचन_सूचना #लोकतन्त्र #VoterID #ElectionUpdate #NepalElection #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

Nepal life insuranceimagesimages