इरान युद्धमा मृत्यु हुनेको संख्या हजार नाघ्यो

`

 

काठमाडौँ । इरानमा युद्ध सुरु भएयता एक हजारभन्दा बढी सर्वसाधारणको ज्यान गएको मानव अधिकारवादी संस्थाले जनाएको छ ।

अमेरिकास्थित मानव अधिकार कार्यकर्ता समाचार संस्था (एचआरएएनए) का अनुसार शनिबारदेखि सुरु भएको युद्धपछि हालसम्म कम्तीमा १ हजार ९७ जना सर्वसाधारण मारिएका छन् । ज्यान गुमाउनेमध्ये १८१ जना बालबालिका रहेका छन् ।

संस्थाले मंगलबार दिउँसोसम्मको विवरण सार्वजनिक गर्दै ५ हजार ४ सयभन्दा बढी सर्वसाधारण घाइते भएको जनाएको छ । घाइतेमध्ये करिब १०० जना बालबालिका रहेका छन् ।

एचआरएएनएले सार्वजनिक गरेको तथ्यांक प्रारम्भिक भएको उल्लेख गर्दै थप सयौं मृत्युका घटनाबारे पुष्टि गर्ने काम भइरहेको जनाएको छ ।

#इरान_युद्ध #मृत्यु_संख्या_हजार_नाघ्यो #MiddleEastConflict #WarUpdate #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

Nepal life insuranceimagesimages