`


काठमाडौँ । कतारले इरानको इस्लामिक रिभोल्युशनरी गार्ड कोर्प्स (आईआरजीसी) सँग सम्बन्धित १० जना संदिग्ध जासुसलाई पक्राउ गरेको जनाएको छ ।
कतारको सरकारी समाचार संस्थाका अनुसार बुधबार बिहानै सुरक्षा निकायले आईआरजीसीका लागि काम गरिरहेका दुई समूहलाई सफलतापूर्वक नियन्त्रणमा लिएको हो । पक्राउ परेकामध्ये सात जनालाई देशका महत्वपूर्ण र सैन्य पूर्वाधारसम्बन्धी सूचना संकलन गर्ने जिम्मेवारी दिइएको बताइएको छ ।

त्यस्तै, अन्य तीन जना संदिग्धलाई ड्रोन प्रयोगसम्बन्धी तालिम दिइएको आरोप लगाइएको छ ।
सरकारी समाचार संस्थाका अनुसार अनुसन्धानका क्रममा उनीहरूले आफूहरू इरानी रिभोल्युशनरी गार्डसँग सम्बन्धित रहेको स्वीकार गरेका छन् । साथै उनीहरूलाई जासुसी तथा विध्वंसात्मक गतिविधि सञ्चालन गर्ने जिम्मा दिइएको बयान दिएको जनाइएको छ ।
#कतार_जासुस_पक्राउ #इरानी_सन्दिग्ध #MiddleEastNews #SecurityAlert #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD



