`


काठमाडौं । बलिवुडको बहुप्रतिक्षित यश स्टारर फिल्म टक्सिकको प्रदर्शन मिति सारिएको छ ।
रणवीर सिंहको धुरंधर- २ सँग मार्च १९ मा एकसाथ प्रदर्शन हुने तालिका रहेकोमा टक्सिकका निर्माताले प्रदर्शन मिति जुन ४ सम्मका लागि सारेका छन् ।

निर्माताहरूले मध्यपूर्वमा भएको तनावका कारण फिल्मको रिलिज पछि सारेको भनेपनि यसको मुख्य कारण धुरन्धर- २ सँगको भिडन्तलाई मानिएको छ । अब टक्सिक विश्वभर अंग्रेजी र भारतीय भाषामा जुन ४, २०२६ मा प्रदर्शन हुनेछ ।
यशको टक्सिक र रणवीरको धुरन्धर- २ लाई बलिवुड फिल्मको इतिहासमा सबैभन्दा ठुलो भिडन्त भनिएको थियो तर अब यो नहुने भएको छ । यशको प्रमुख भूमिका रहेको यस फिल्मको निर्देशन गीतु मोहनदासले गरेका छन् भन ए यस फिल्ममा कियारा अडवाणी, नयनतारा, हुमा कुरेशी र तारा सुतारिया लगायतको अभिनय रहेको छ । यो फिल्म ६०० करोड भारु भन्दा बढी लागतमा बनाइएको बताइएको छ ।
त्यस्तै धुरन्धरको पहिलो भागले गत वर्ष डिसेम्बरमा विश्वव्यापी रूपमा ८९५ करोड भारु कमाएर बलिवुडको सबै भन्दा बढी कमाई गर्ने फिल्म बनेको छ र धुरन्धर-२ ले पनि बक्स अफिसमा शानदार कमाई गर्ने अनमान गरिएको छ ।
#टक्सिक #YashStarrer #NepaliCinema #MovieReleaseUpdate #धुरन्धर२ #FilmNews #BoxOfficeUpdate #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD



