निर्वाचन सम्पन्न भएकोप्रति भारतको स्वागत, नयाँ बन्ने सरकारसँग मिलेर काम गर्ने प्रतिबद्धता

 

काठमाडौँ । भारतले नेपालमा सम्पन्न निर्वाचनको सफलतापूर्वक सम्पन्न भएकोमा स्वागत गरेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले सञ्चारमाध्यमका जिज्ञासाको जवाफ दिँदै यस्तो प्रतिक्रिया दिएका हुन् ।

प्रवक्ता जैसवालले आज नेपाली नागरिकले लोकतान्त्रिक अधिकार प्रयोग गर्दै उत्साहजनक सहभागितासहित मतदान गरेको उल्लेख गर्दै निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा प्रधानमन्त्री सुशिला कार्की, नेपाल सरकार, नेपाली जनता तथा सम्बन्धित सबै पक्षलाई बधाई दिएका छन् ।

उनले विगत वर्षको असामान्य परिस्थितिका बीच पनि नेपालले निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु महत्वपूर्ण उपलब्धि भएको बताए ।

भारतले सधैं नेपालमा शान्ति, प्रगति र स्थायित्वको पक्षमा सहयोग गर्दै आएको उल्लेख गर्दै उनले नेपाल सरकारको अनुरोधअनुसार निर्वाचनका लागि आवश्यक प्राविधिक तथा सामग्री सहयोग उपलब्ध गराइएको जानकारी दिए ।

भारतले नयाँ बन्ने नेपाल सरकारसँग मिलेर दुई देश र दुई देशका जनताबीच रहेको बहुआयामिक सम्बन्धलाई अझ मजबुत बनाउँदै पारस्परिक हितका लागि सहकार्य अगाडि बढाउने अपेक्षा गरेको जनाएको छ ।

#भारत #नेपाल_निर्वाचन #नेपाल_भारत_सम्बन्ध #नयाँ_सरकार #कूटनीति #SouthAsia #NepalIndiaRelations #InternationalNews #PoliticalUpdate #Democracy #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

Nepal life insuranceimagesimages