विजयी भएपछि रञ्जुले भनिन्–वैकल्पिक राजनीतिले जित्यो, रियल फाइट अब शुरु हुन्छ

 

काठमाडौं–१ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ रञ्जु न्यौपानेले वैकल्पिक राजनीतिको जित भएको प्रतिक्रिया दिनुभएको छ ।

शुक्रवार निर्वाचनको औपचारिक घोषणापछि सञ्चारकर्मीसँग कुरा गर्दै न्यौपानेले यस्तो प्रतिक्रिया दिनुभएको हो । उहाँले ३५–३६ वर्षदेखि बारम्बार मतदाताले नेपाली नागरिकलाई धोका दिनेहरुलाई ढोका बन्द गरिदिएको पनि बताउनु भयो । उहाँले आफूलाई बहुमतले निर्वाचित गराउने काठमाडौं–१ का मतदातालाई धन्यावाद समेत दिनुभयो । उहाँले आफूहरुको वास्तविक लडाइँ अब शुरु हुने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यो निर्वाचन विशेष परिस्थितिमा भएको हो । उम्मेदवार र पार्टीले विशेष रणनीति लिएका थियौं। मतदाताले पनि विशेष रुपमा प्रतिक्रिया दिनुभएको स्पष्ट देखियो । ३५–३६ वर्षदेखि बारम्बार मतदाता नेपाली नागरिकलाई धोका दिनेहरुलाई ढोका बन्द गरिदिन्छौं भनेर मतदाताले भनिदिनुभयो । यो हाम्रो लागि निकै सुखद कुरा हो । यो जित हाम्रा लागि चुनौतीपूर्ण पनि छ । यस्तो महत्वपूर्ण जित हाँसिल भएकाले अब काम गरेर देखाउनैपर्छ । रियल फाइट त अब शुरु हुँदैछ । काठमाडौं–१ का हरेक मतदातालाई कृतज्ञता व्यक्त गर्न चाहन्छु । यो वैकल्पिक राजनीतिको जित हो । यो विवेकशील राजनीतिको पनि जित हो ।’

उहाँले विवेकशील राजनीतिको समेत जित भएको प्रतिक्रिया दिनुभयो ।

 

Nepal life insuranceimagesimages