काठमाडौँमा राष्ट्रिय स्वतन्त्र पार्टीको क्लिन स्विप! भारी मतान्तरसहित विजयी, अन्य दलका प्रतिस्पर्धी देखिएनन्।

 

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनतर्फ दश  क्षेत्र रहेका काठमाडौँकामा दश वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरु निर्वाचित भएका छन् ।

Nepal life insurance

रास्वपाका निर्वाचित उम्मेदवारहरुको मतान्तर हेर्दा काठमाडौँमा ठुला कहलियका कुनैपनि राजनीतिक दलका उम्मेदवारहरु उनीहरु सामु प्रतिस्पर्धि समेत देखिएनन् । भने कैयन क्षेत्रमा ठुला भनिएका दलका उम्मेदवारका जमानत समेत जफत भएका छन् । काठमाडौँ क्षेत्र नम्बर १ मा रञ्जु न्यौपाने निर्वाचित भएका भएकी छन् ।

न्यौपाने १५ हजार चार सय ५५ मत प्राप्त गर्दै निर्वाचित भएकी हुन । उनले ९ हजार ९१ मतान्तरसहित निर्वाचित भएकी हुन । त्यस्तै काठमाडौँ २ मा रास्पाकै सुनिल केसी निर्वाचित भएका छन् । उनले ३४ हजार दुइ सय ३८ मत प्राप्त गरेका छन् । उनी २५ हजार तीन सय ६४ मतान्तरले निर्वाचित भएका हुन ।

त्यस्तै काठमाडौँ ३ मा पनि रास्वपाकै राजु नाथ पाण्डे निर्वाचित भएका छन् । उनी १८ हजार ७ सय ५६ मत प्राप्त गर्दै निर्वाचित भएका हुन । उनी पनि निकै भारी मतान्तरका साथ निर्वाचित भएका थिए । उनको मतान्तर ७ हजार पाँच सय ८५ रहेको छ ।

त्यस्तै काठमाडौँ ४ मा पनि रास्वपाकै उम्मेदवार पुकार बम निर्वाचित भएका छन् । रास्वपाका उम्मेदवार बम २९ हजार एक सय ८२ मत प्राप्त गर्दै निर्वाचित भएका हुन । उनी पनि निकै भारी मतान्तरले निर्वाचित उम्मेदवार हुन । उनको मतान्तर २० हजार तीन सय १८ रहेको छ ।

त्यस्तै काठमाडौँ ५ मा समेत रास्वपाकै सस्मित पोखरेल निर्वाचित भएका छन् । उनले ३० हजार सात सय ३७ मत प्राप्त गर्दै निर्वाचित भएका हुन । उनी पनि निकै भारी मतान्तर सहित निर्वाचित उम्मेदवार हुन । उनको मतान्तर २१ हजार पाँच सय ७८ रहेको छ ।

त्यस्तै, काठमाडौँ ६ मा रास्वपाकै उम्मेदवार शिशिर खनाल निर्वाचित भएका छन् । उनी २७ हजार सात सय १९ मत प्राप्त गर्दै निर्वाचित भएका हुन । उनी पनि निकै भारी मतान्तरसहित निर्वाचित उम्मेदवार हुन । उनको मतान्तर २० हजार ९ सय ६८ रहेको छ ।

त्यस्तै काठमाडौँ ७ मा समेत रास्वपाकै उम्मेदवार गणेश पराजुली निर्वाचित भएका छन् । उनले २७ हजार आठ सय ५ मत प्राप्त गरेका हुन । उनी पनि निकै भारी मतान्तरले निर्वाचित उम्मेदवार हुन । उनको मतान्तर २३ हजार आठ सय २३ मतान्तर रहेको छ ।

त्यस्तै काठमाडौँ ८ मा पनि रास्वपाकै उम्मेदवार विराज भक्त श्रेष्ठ निर्वाचित भएका छन् । उनी २४ हजार पाँच सय ९२ मत प्राप्त गर्दै निर्वाचित भएका हुन । उनको मतान्तर समेत निकै बढी रहेको छ । उनले प्राप्त गरेको मतान्तर २१ हजार तीन सय ७५ रहेको छ । उनी यस निर्वाचन क्षेत्रबाट दोस्रो पटक निर्वाचित उम्मेदवार हुन ।

त्यस्तै काठमाडौँ ९ मा रास्वपा उम्मेदवार डीपी अर्याल ३५ हजार बढी मतान्तरले विजयी भएका छन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति समेत हुन । अर्याल ३५ हजार ९३ मत ल्याउदै निर्वाचित भएका छन् । अर्याल पनि निकै भारी मतान्तरसहित निर्वाचित भएका छन् । उनको मतान्तर २९ हजार ६ सय ३३ रहेको छ ।

त्यस्तै काठमाडौँ १० मा पनि रास्वपाकै उम्मेदवार प्रदिप विष्ट निर्वाचित भएका छन् । उम्मेदवार विष्ट ३७ हजार ४ सय ५९ मत प्राप्त गर्दै निर्वाचित भएका हुन । उनी पनि निकै भारी मतान्तरले निर्वाचित भएका छन् । उनको मतान्तर २९ हजार ३ सय ५९ रहेको छ ।

#RSP #KathmanduElection #CleanSweep #ElectionVictory #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

 

Nepal life insuranceimagesimages