

नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।
आज अमेरिकी डलर, पाउन्ड, कुवेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको मूल्य बढेको छ। तर, अस्ट्रेलियन डलर, युरोसहितका कतिपय मुद्राको विनिमयदर भने घटेको नेपाल राष्ट्र बैंकले जनाएको छ।
आज अमेरिकी डलर १ को खरिददर १४६ रुपैयाँ ४९ पैसा र बिक्रीदर १४७ रुपैयाँ ०९ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १४६ रुपैयाँ २७ पैसा र बिक्रीदर १४६ रुपैयाँ ८७ पैसा थियो।
यही फागुन २१ गते अमेरिकी डलर १ को खरिददर १४७ रुपैयाँ १५ पैसा र बिक्रीदर १४७ रुपैयाँ ७५ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो।


त्यसैगरि आज युरो १ को खरिददर १६९ रुपैयाँ ६१ पैसा र बिक्रीदर १७० रुपैयाँ ३० पैसा छ। हिजो युरो १ को खरिददर १६९ रुपैयाँ ८० पैसा र बिक्रीदर १७० रुपैयाँ ५० पैसा थियो।
आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १९५ रुपैयाँ ४२ पैसा र बिक्रीदर १७० रुपैयाँ ३० पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर १९५ रुपैयाँ २९ पैसा र बिक्रीदर १९६ रुपैयाँ ०९ पैसा थियो।
आज अस्ट्रेलियन डलर १ को खरिददर १०२ रुपैयाँ ७३ पैसा र बिक्रीदर १०३ रुपैयाँ १५ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०३ रुपैयाँ ११ पैसा र बिक्रीदर १०३ रुपैयाँ ५४ पैसा थियो।
त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४७८ रुपैयाँ ४१ पैसा र बिक्रीदर ४८० रुपैयाँ ३७ पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४७७ रुपैयाँ ६९ पैसा र बिक्रीदर ४७९ रुपैयाँ ६५ पैसा थियो।
आज बहराइन दिनार १ को खरिदर ३८८ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३८९ रुपैयाँ ६८ पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ३८७ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३८९ रुपैयाँ १६ पैसा थियो।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।
हेर्नुहोस् सबै मुद्राको विनिमय दर
#arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD #विनिमयदर #विदेशीमुद्रा #डॉलर #पाउन्ड #युरो #अस्ट्रेलियनडलर #दिनार #Forex #NepalEconomy ##exchange_rates #USD #GBP #EUR #AUD #KWD



