

काठमाडौँ । संयुक्त अरब इमिरेट्सको दुबई अन्तर्राष्ट्रिय विमानस्थलका सबै सेवा अस्थायी रूपमा स्थगित गरिएको छ ।
दुबई मिडिया अफिसका अनुसार यात्री, विमानस्थलका कर्मचारी तथा विमान चालक दलको सुरक्षालाई ध्यानमा राख्दै विमानस्थलका सबै सेवा अस्थायी रुपमा स्थगित गरेको हो ।

मिडिया रिपोर्टका अनुसार विमानस्थलमा इरानले आक्रमण गरेको र सो आक्रमणलाई विफल पारेको बताइएको छ तर सामाजिक सञ्जाल र मिडियामा विमानस्थलमा भने धुवा उडेको देखिएको छ ।
उडान निगरानी गर्ने वेबसाइट फ्लाइटरडार चौबीसका अनुसार केही विमान आकाशमै घुम्दै प्रतीक्षामा राखिएका छन् भने केहीलाई अन्य विमानस्थलतर्फ मोडिएका थिए ।

प्राप्त विवरणअनुसार टर्मिनल-३ नजिकैको गेट सि- १८ क्षेत्रमा धुवाँ उठिरहेको देखिएको छ । उक्त धुवाँ ईरानबाट प्रहार गरिएका क्षेप्यास्त्र रोक्ने क्रममा खसेको भग्नावशेषका कारण भएको हुन सक्ने अनुमान गरिएको छ ।
दुबई अन्तर्राष्ट्रिय विमानस्थल विश्वकै अत्यधिक व्यस्त अन्तर्राष्ट्रिय यात्रु आवागमन हुने विमानस्थलमध्ये एक हो । गत मार्च १ मा यहाँ नियमित उडानहरू केही समयका लागि रोकिएका थिए। हाल सीमित रूपमा करिब १०६ उडान मात्र सञ्चालनमा रहेको बताइएको छ । यसैबीच युरोपेली उड्डयन सुरक्षा निकायले खाडी क्षेत्रको आकाशीय मार्ग प्रयोग गर्दा जोखिम रहेको चेतावनी मार्च ११ सम्मका लागि थप बढाएको जनाएको छ ।
#DubaiAirport #IranAttack #FlightSuspension #TravelAlert #InternationalNews #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD



