

काठमाडौँ । झापा- ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह विजयी भएका छन् । बालेनले ६८ हजार ३४८ मत प्राप्त गरेर विजयी भएका हुन् ।
बालेनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भन्दा ४९ हजार ६१४ मत अन्तरले विजयी भएका छन् । ओलीले १८ हजार ७३४ मत प्राप्त गरेका छन् ।

यस क्षेत्रमा त्यस्तै श्रम संस्कृति पार्टीका समीर तामाङले ८ हजार ५९० मत प्राप्त गरेका छन् ।
त्यस्तै बालेन यस निर्वाचनमा अहिलेसम्म सर्बाधिक मत प्राप्त गरेर जित हासिल गर्ने उम्मेदवार समेत बनेका छन् ।
#BalenShah #RSP #Jhapa5 #ElectionWinner #NepalElection #PoliticalUpset #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD



