

सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले नेपालमा महिला स्वास्थ्य र समानताको क्षेत्रमा चुनौती कायमै रहेको बताउनुभएको छ । आईतवार अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा काठमाडौं महानगरपालिकाद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा अझै पनि ४१ प्रतिशत महिलाहरू रक्तअल्पताबाट ग्रसित रहेको प्रश्तुत गर्दै कुपोषण नेपाली समाजको मौन संकटका रूपमा रहेको उल्लेख गर्नुभयो । उहाँले आमाहरू कमजोर भएको अवस्थामा कुनैपनि राष्ट्र सफल हुन नसक्ने बताउनु भयो ।


उहाँले लामो समयको संघर्षपछि महिलाको पहिचान, नागरिकता र प्रजनन स्वास्थ्यका अधिकारका सम्बन्धमा केही उपलब्धी प्राप्त गर्न सकेपनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताउनु भयो । उहाँले आमाको नामबाट नागरिकता दिने व्यवस्था स्थापित भए पनि व्यवहारमा अझै धेरै अवरोध रहेको बताउनु भयो । प्रजनन स्वास्थ्यसम्बन्धी अधिकारलाई संविधानले मान्यता दिएको र सुरक्षित मातृत्वका विषयमा कानूनी व्यवस्था भएपनि कार्यान्वयनमा चुनौती रहेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘अहिले पनि ४१ प्रतिशत महिलाहरु चाँही रक्तअल्पताबाट ग्रसित छन् । अनि कुपोषण हाम्रो समाजको मौन संकट पनि बनेको छ । एउटा राष्ट्र कसरी सफल बन्नसक्छ जब उसका आमाहरु कमजोर छन् ? महिलाको पहिचानको लडाइँ पनि लडियो अनि बल्लतल्ल आमाको नामबाट नागरिकता दिने कुराहर स्थापित भए । तर पनि धेरै अवरोधहरु छन् । अनि प्रजनन स्वास्थ्यको लडाइँ पनि लडियो, अनि त्यसलाई संविधानले संवैधानकि मान्यता दियो। सुरक्षित मातृत्वको कुरा पनि आयो । स्थानीय निकायलाई मातृत्व ऐनले के भन्छ भन्दाखेरी स्थानीय सरकारले आफ्नो बजेट निर्माण गर्दाखेरी प्रजनन स्वास्थ्यका लागि बजेट विनियोजन गर्नुपर्छ । यहाँ महानगरको कार्यवाहक प्रमुखज्यूले भन्नुहुन्छ । अहिले गर्वपतनलाई कानूनी मान्यता दिइएको छ । तर कतिपय ठाउँमा के देखियोभन्दा जन्मिनुअघि नै छोरीलाई अस्वीकार गर्ने कथा पनि आइराखेको छ । हामीभित्रै यस्तो कुरा भयो भने हामी समाजमा समानताको बिगुल फुक्न सक्दैनौँ ।’
उहाँले मातृत्वसम्बन्धी कानूनले स्थानीय सरकारलाई बजेट निर्माण गर्दा प्रजनन स्वास्थ्यका लागि बजेट विनियोजन गर्नुपर्ने व्यवस्था रहेको भएपनि स्थानीय सरकारले त्यसको कार्यान्वयन गर्न अग्रसरता देखाउनुपर्ने बताउनु भयो ।
#SeniorJusticeMalla #WomenPower #NepalJudiciary #Society #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD 💐🇳🇵



