कस्तो छ आजको मौसम पूर्वानुमान ?

 

काठमाडौँ  । जल तथा मौसम विज्ञान विभागले  हाल नेपालमा उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।

हाल कोशी, बागमती र गण्डकी प्रदेश सहित लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लागेको छ र बाँकी पहाडी भू-भागमा आंशिक बादल लागेको छ । तराई भू-भागका केही स्थानहरूमा तुँवालो लागेको छ। कोशी प्रदेशको पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भईरहेको छ ।

आज दिउँसो  कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भामामा  साधारणतया बादल लाग्नेछ।  बाँकी भू-भागमा आंशिक बादल लाग्ने छ । कोशी, मधेश, बागमती, गण्डकी प्रदेश सहित लुम्बिनी  प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै आज राती कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू-भामामा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा साधरणतया बादल लाग्नेछ, बाँकी  भू-भागमा आंशिक बादल लाग्नेछ। गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा र कोशी, बागमती र लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

#WeatherUpdate #AajakoMausam #WeatherForecast #NepalWeather #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD 🌦️

Nepal life insuranceimagesimages