

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बलेन शाहले आफ्नो निर्वाचन खर्च विवरण बुझाएका छन् । प्रतिनिधि सभा निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा निर्वाचन आयोगद्वारा स्वीकृत निर्वाचन आचारसंहिता बमोजिम शाहले जिल्ला निर्वाचन कार्यालय झापालाई आफ्नो चुनावताका लागेको सम्पूर्ण खर्चको विवरण बुझाएका हुन ।

उनले झापामा आफ्नो चुनाव प्रचार प्रसारका लागि स्थापना गरेको क्षेत्रीय निर्वाचन कार्यालय सञ्चालन गरेदेखि चुनाव समापन सम्म भएका चुनावी खर्चको विवरण जिल्ला निर्वाचन कार्यालयलाई बुझाएका छन् । बालेनले यस निर्वाचनमा आफ्नो कुल १४ लाख १७ हजार दुई सय ८९ रुपैयाँ खर्च भएको जिल्ला निर्वाचन कार्यालयलाई बुझाएको चुनावी खर्च विवरणमा उल्लेख गरेका छन् ।


उनले चुनावका बेलामा प्रयोग भएका दुई वटा सवारी साधन १५ दिन भाडामा प्रयोग गरेबापत इन्धनसहित दुई लाख ९३ हजार आठ सय रुपैयाँ खर्च भएको जनाएका छन् । त्यस्तै झापा आवत जावत पाँच पटक गर्दा हवाई भाडामा ३५ हजार खर्च भएको देखाएका छन् भने १५ दिन मतदातालाई प्रशिक्षण दिदा खाजा खर्चमा २८ हजार ९ सय ७० रुपैयाँ खर्च भएको उनको चुनावी खर्च विवरणमा उल्लेख छ ।
त्यस्तै वडा स्तरीय प्रचार कार्यक्रम(१५ दिने घर दैलो) २९ वडा मा गर्दा ५ लाख ८० हजार रुपैयाँ र नमुना मतपत्र छपाइमा ४९ हजार ८ सय ५० रुपैयाँ खर्च भएको खर्च विवरणमा समेटेका छन् । त्यस्तै झापा–५ क्षेत्रीय निर्वाचन कार्यालय सञ्चालन गर्दा एक लाख २० हजार रुपैयाँ र सो कार्यालय सञ्चालन स्टेशनरी खर्च(पानी) दुई महिना २२ हजार ८ सय २० रुपैयाँ खर्च भएको जनाएका छन् ।

त्यस्तै प्रचार प्रसार सामाग्री छपाई(झन्डा एवम् ब्याच) एक लाख ५७ हजार ४१ रुपैयाँ र प्रचार प्रसार सामाग्री (ब्यानर तथा स्टिकर) एक लाख १९ हजार ८ सय ८ रुपैयाँ खर्च भएको चुनावी खर्च विवरणमा उल्लेख छ । भने आफ्नो मनोनयन दर्ता खर्च दश हजार रुपैयाँ जोडेर निर्वाचन सुरुवाती देखि समापनसम्म भएको सम्पूर्ण खर्च विवरण शाहले जिल्ला निर्वाचन कार्यालय झापालाई बुझाएका हुन ।

#BalenShah #ElectionExpense #NepalElection #CampaignFinance #NepalPolitics #ElectionUpdate
#arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD



