राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्षरत राप्रपा, के—के हुन्छन् सुविधा ?

 

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।

राजनीतिक दल सम्बन्धी ऐनअनुसार प्रतिनिधि सभामा राष्ट्रिय दल बन्न प्रत्यक्षतर्फ कम्तीमा एक सिट र समानुपातिकतर्फ दलहरूले प्राप्त गरेको कुल सदर मतको कम्तीमा तीन प्रतिशत मत ल्याउनुपर्छ ।

सोही व्यवस्थाअनुसार यसअघि राष्ट्रिय पार्टीको मान्यता पाएका राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपाल लगायतका पार्टीहरुले सो मान्यताबाट वञ्चित हुने अवस्था आएको छ । दलहरुले प्राप्त गरेको कुल सदर मतको कम्तिमा ३ प्रतिशत मत ल्याउन नसकेपछि ती दलहरुले राष्ट्रिय पार्टीको मान्यता नपाउने अवस्था सृजना भएको हो । चालु मतगणनाको पछिल्लो परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षतर्फ १२५ सिट ल्याएर अग्रता कायम गरेको छ भने उसले समानुपातिकतर्फ हालसम्म ४३ लाख १९ हजार ८३५ ल्याएको छ । त्यसैगरी नेपाली काँग्रेसले प्रत्यक्षतर्फ १७ सिट र समानुपातिकतर्फ  १४ लाख ३५ हजार ८७० दोस्रो ठूलो दलको हैसियत बनाएको छ । नेकपा (एमाले) ले ८ सिट प्रत्यक्षतर्फ र समानुपातिकमा  १२ लाख १३ हजार १३९ मत ल्याएर  तेस्रो दलको हैसियत बनाउने देखिएको छ ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले प्रत्यक्षतर्फ ७ र समानुपातिकमा ६, लाख ९ हजार ८४७ मत प्राप्त गरेको छ । जुन हालसम्मको मतगणनाको परिणाम अनुसार चौथो दलको वरियता हो । त्यसैगरी नयाँ दलको रुपमा उदाएको श्रम संस्कृति पार्टीले  प्रत्यक्षतर्फ ३ सिट र समानुपातिकतर्फ ३ लाख १० हजार ९० प्राप्त गरी पाँचौ वरियता कायम गरेर राष्ट्रिय पार्टीको मान्यता पाउने सुनिश्चितता भएको हो ।

राष्ट्रिय प्रजातन्त्र पार्टी पनि राष्ट्रिय दल बन्न संघर्षरत छ । उसले प्रत्यक्षतर्फ १ सिट जित निकाले पनि समानुपातिकतर्फ कुल सदर मतको ३ प्रतिशत पु¥याउन संघर्ष गरिरहेको छ । यद्यपि सो पार्टीले समानुपातिकतर्फ २ लाख ९१ हजार ५३१ मत ल्याएको छ । जुन राष्ट्रिय पार्टी बन्नका लागि केही मत अझै पु¥याउनुपर्ने हुन्छ । यसअघि राष्ट्रिय पार्टीको मान्यता पाएको जनता समाजवादी पार्टी, नेपाल यस पटक सो मान्यताबाट वञ्चित भएको छ । प्रत्यक्षतर्फ १ सिट पनि हातपार्न नसकेको सो पार्टीले समानुपातिकमा पनि हाल सम्म १ लाख ३७ हजार ५०३ मत पाएपछि उसले अब राष्ट्रिय पार्टीको मान्यता पाउने सम्भावना कम हुँदै गएको हो । नेपाल मजदुर किसान पार्टी, जनमत पार्टीलगायतका यसअघि संसदमा प्रतिनिधित्व गरेका दलहरुको पनि समानुपातिकतर्फको मतभार केही हजारमा मात्रै सिमित हुने देखिन्छ ।

राष्ट्रिय दलले के-के सुविधा पाउँछन् ? 

राष्ट्रिय दलको मान्यता पाएका पार्टीले संसदमा एउटा संसदीय दलको कार्यालयसहित सांसदको संख्याअनुसार कर्मचारी र खर्चको सुविधा पाउँछन् । हरेक राष्ट्रिय दलको संसदीय दलका प्रमुख सचेतकले पनि संसद सचिवालयबाट गाडीसहित सचिवालय र कर्मचारीको सुविधा पाउने व्यवस्था छ ।

#RastriyaParty #RPP #NepalPolitics #PoliticalUpdate #ElectionNews
#arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

Nepal life insuranceimagesimages