मोदीलाई धन्यवाद दिदै रविले भने- हाम्रो प्रथामिकता ‘विकास कूटनीति’

 

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) का सभापति रबि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद व्यक्त गर्दै नेपाली जनताको लोकतान्त्रिक म्यान्डेटको सम्मान गरेकामा सराहना गरेका छन् ।

उनले रास्वपा र सरकारले पारस्परिक सम्मान र साझा समृद्धिमा आधारित सम्बन्ध विकास गर्न प्रतिबद्ध रहने बताउदै ‘विकास कूटनीति’ लाई प्राथमिकतामा राख्ने बताएका छन् ।

लामिछानेले भारतसँगको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सहकार्यको अपेक्षा व्यक्त गर्दै यातायात, सांस्कृतिक पर्यटन, ऊर्जा र व्यापारमा साझेदारी गरेर दुवै देशका जनतालाई समृद्ध भविष्य सुनिश्चित गर्न सकिने बताएका छन् ।

यसअघि आजै भारतीय प्रधानमन्त्री मोदीले सभापति लामिछाने र वरिष्ठ नेता बालेन शाहसँग टेलिफोन संवाद गरेका थिए ।

#RaviLamichhane #NarendraModi #DevelopmentDiplomacy #NepalIndiaRelations #NepalPolitics #DiplomaticTalk #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

Nepal life insuranceimagesimages