बाँदरमाथि अमानवीय व्यवहार गर्ने युवक पक्राउ

 

ताप्लेजुङ । ताप्लेजुङमा बाँदरमाथि अमानवीय व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । सामाजिक सञ्जालमा बाँदरलाई कुकुर लगाएर यातना दिँदै मारिएको भिडियो सार्वजनिक भएपछि घटनाबारे विभिन्न निकाय तथा संघ संस्थाले चासो व्यक्त गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार उक्त घटनाप्रति गम्भीर ध्यानाकर्षण भएपछि अनुसन्धान सुरु गरिएको थियो । अनुसन्धानका क्रममा सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्ने पाँचथरको हिलिहाङ गाउँपालिका–२ सिंहपुर घर भएका तथा हाल ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिका-२ थेचम्बु बस्दै आएका २१ वर्षीय संगम भनिने छुप्पु हेम्ब्यालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार प्रतिनिधि सभाको निर्वाचनअघि खेतबारीमा लगाइएको पासोमा परेका बाँदरमाथि आक्रमण गरिएको घटना भिडियोमा देखिएको छ । उक्त भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाबारे व्यापक आलोचना र चासो व्यक्त भएको थियो ।

पक्राउ परेका हेम्ब्याविरुद्ध आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

#AnimalCruelty #BanarProtection #WildlifeConservation #NepalNews #ArrestUpdate #AnimalRights #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

Nepal life insuranceimagesimages