

काठमाडौँ । संयुक्त राष्ट्र संघमा नेपालले राखेको अन्तर्राष्ट्रिय आरोग्य दिवससम्बन्धी प्रस्ताव पारित भएको छ । महासभाले उक्त प्रस्ताव पारित गरेसँगै अब विश्वका विभिन्न भर हरेक वर्ष अप्रिल १५ मा ‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ मनाइने भएको छ ।
संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाका अनुसार उक्त प्रस्तावले स्वास्थ्य भन्नाले केवल रोग नलाग्नु मात्र नभई शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, भावनात्मक तथा पर्यावरणीय समग्र कल्याणलाई जनाउने उल्लेख गरिएको छ ।

राजदूत थापाले नेपालले राखेको सो प्रस्तावले विश्वभर सुदृढ र दिगो समाज निर्माणका लागि रोकथाममुखी स्वास्थ्य सेवा, स्वस्थ जीवनशैली तथा समावेशी स्वास्थ्य प्रणाली प्रवर्द्धन गर्नुपर्ने आवश्यकतामा पनि जोड दिएको बताएका छन् ।
यसलाई नेपालका लागि महत्त्वपूर्ण कूटनीतिक उपलब्धि भएको बताइएको छ ।
#Nepal #UnitedNations #InternationalHealthDay #GlobalHealth #NepalNews #HealthAwareness #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD



