

काठमाडौँ । इरानले जारी युद्ध अन्त्य गर्न तीन वटा मुख्य सर्त अघि सारेको छ । इरानी राष्ट्रपति मसूद पेजेश्कियानले युद्ध रोक्नका लागि अन्तर्राष्ट्रिय समुदायले केही आधारभूत सर्त स्वीकार गर्नुपर्ने बताएका छन् ।

उनका अनुसार पहिलो सर्त इरानका कानुनी अधिकारलाई अन्तर्राष्ट्रिय रूपमा मान्यता दिनु हो । दोस्रो, युद्धका कारण इरानले भोगेको क्षतिको क्षतिपूर्ति दिनुपर्ने उनले बताएका छन् ।
तेस्रो सर्तका रूपमा उनले भविष्यमा इरानमाथि पुनः आक्रमण नहुने गरी बलियो अन्तर्राष्ट्रिय प्रत्याभूति दिनुपर्ने माग गरेका छन् ।
राष्ट्रपति पेजेश्कियानले यी तीन सर्त स्वीकार गर्नु नै युद्ध अन्त्य गर्ने एक मात्र उपाय भएको बताएका छन्।
#Iran #PeaceTerms #MiddleEastConflict #WarResolution #GlobalPolitics #NepalNews #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD



