मध्यपूर्वमा सैन्य गतिविधिहरू तुरुन्त रोक्न आह्वान गर्ने प्रश्ताव संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ब पारित गर्न असफल

 

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले बुधवार मध्यपूर्व र सोभन्दा बाहिरका सबै पक्षहरूलाई आफ्ना सैन्य गतिविधिहरू तुरुन्त रोक्न, थप तनाव नबढाउन र नागरिक तथा नागरिक पूर्वाधारमाथिका सबै आक्रमणहरूको निन्दा गर्ने मस्यौदा प्रश्ताव पारित गर्न असफल भएको छ । परिषद्ले रुसद्वारा प्रायोजित उक्त मस्यौदा प्रश्तावलाई अस्वीकार ग¥यो ।

जसमा पक्षमा चार मत, विपक्षमा दुई मत र नौ सदस्यहरू मतदानमा अनुपस्थित रहेका थिए । रुस, चीन, पाकिस्तान र सोमालियाले प्रश्तावको पक्षमा मतदान गरे भने संयुक्त राज्य अमेरिका र लाटभियाले यसको विपक्षमा मतदान गरे । यसअघि सुरक्षा परिषद्ले मध्यपूर्वको वर्तमान संकटसम्बन्धी एउटा अर्को मस्यौदा प्रश्ताव पारित गरेको थियो । यो संकट फेब्रुअरी २८ मा शुरु भएको अमेरिका र इजरायलको इरानमाथिको संयुक्त सैन्य आक्रमण र त्यसपछि यस क्षेत्रभरि इरानले गरेको जवाफी कारबाहीका कारण उत्पन्न भएको हो ।

खाडी सहयोग परिषद्को तर्फबाट बहराइनले पेश गरेको उक्त मस्यौदा प्रश्ताव १३ मतको समर्थन र दुई मतको अनुपस्थितिमा पारित भएको थियो । यस प्रश्तावले न्ऋऋ देशहरू र जोर्डनमाथि इरानले गरेको आक्रमणको निन्दा गरेको छ । इरानलाई ती देशहरूमाथि आक्रमण तुरुन्त बन्द गर्न माग गरेको छ र त्यस्ता कार्यहरू अन्तर्राष्ट्रिय कानूनको उल्लंघन र अन्तर्राष्ट्रिय सुरक्षाका लागि गम्भीर खतरा भएको ठहर गरेको छ ।

#MiddleEast #UNSecurityCouncil #MilitaryConflict #GlobalPolitics #PeaceResolution #NepalNews #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

Nepal life insuranceimagesimages