बाल शिक्षा माध्यमिकमा बिदाई कार्यक्रम: विद्यार्थीमा शिक्षा र अनुशासनको महत्व उच्च (तस्बिर सहित)

 

-माधव खनाल , अर्घाखाँची।

अर्घाखाँची, २९ फागुन – बाल शिक्षा माध्यमिक विद्यालय, भुमिकास्थान नगरपालिका–१, साम्नेगाउँमा शुक्रबार कक्षा ९ का विद्यार्थीहरूले कक्षा १० का विद्यार्थीहरूको बिदाई तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरे।

May be an image of one or more people

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कासिराम गमालले कार्यक्रममा प्रमुख वक्ताको रूपमा बोल्दै विद्यार्थीमा शिक्षा संगै अनुशासनको पनि उत्तिकै महत्व रहेको बताए। उनले भने, “शिक्षा हासिल गर्नु मात्र होइन, अनुशासनमा दृढ रहनु पनि विद्यार्थीको सफलताका लागि अत्यन्तै जरुरी छ।”

May be an image of one or more people and flower

कार्यक्रममा भुमिकास्थान–१ का वडा सदस्य मेघराज खनालले आगामी माध्यमिक तह कक्षा १० को एसईई परीक्षामा धैर्यतापूर्वक सिकेको ज्ञान निर्धक्क भएर उत्तरपुस्तिकामा उतार्न विद्यार्थीहरूलाई आग्रह गरे।

May be an image of one or more people and text

विद्यालयका प्रधानाध्यापक युवराज खनालले पनि विद्यार्थीहरूलाई हतोत्साहित नहुने र आफुले आजसम्म अध्ययन गरेको ज्ञान प्रश्नले मागेका अनुसार उत्तरपुस्तिकामा उतार्न प्रेरित गर्नुभयो।

May be an image of one or more people and text

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य एवं पूर्व प्रधानाध्यापक हिमलाल खनाल, शिक्षक कृष्ण भुसाल, शिक्षिका अस्मिता अधिकारी लगायतले पनि बिदाई तथा शुभकामना मन्तव्य राख्नुभयो।

May be an image of one or more people and text

बिदाई लिनेको तर्फबाट सुदन विश्वकर्माशुशिला घर्ती, बिदाई दिनेको तर्फबाट मनिष खनालबिनिषा खनालले मन्तव्य राख्नुभएको थियो। कार्यक्रम खिमबहादुर बैजालीको अध्यक्षता तथा रमिता हौजालीको संचालनमा सम्पन्न भयो।

May be an image of one or more people and text

सो अवसरमा बाल शिक्षा माध्यमिक विद्यालयले अर्घाखाँचीबाट नव निर्वाचित प्रतिनिधि सभा सदस्य हरिप्रसाद भुसाललाई बधाई तथा सफलताको शुभकामना दिंदै सम्मान गरेको थियो।

May be an image of one or more people, people smiling, dais, temple and text

कार्यक्रमले विद्यार्थीहरूमा शिक्षा र अनुशासनको महत्व बुझाउने र आगामी परीक्षामा दृढता र आत्मविश्वासका साथ सामना गर्न प्रेरित गर्ने उद्देश्य राखेको थियो।

May be an image of one or more people

May be an image of one or more people

#बालशिक्षा #भुमिकास्थान #अर्घाखाँची #विद्यार्थी #शिक्षा #अनुशासन #बिदाईकार्यक्रम #शुभकामना #प्रतिनिधिसभासदस्य #हरिप्रसादभुसाल #नेपाल #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

Nepal life insuranceimagesimages