वर्षा गराउने प्रणाली पश्चिमतिर विस्तार, दिउँसोदेखि पानी पर्ने सम्भावना

 

वर्षा गराउने प्रणाली आजदेखि पश्चिमतिर पनि विस्तार हुने भएको छ । पछिल्लो तीन दिनदेखि नेपालको गण्डकीदेखि कोशीसम्म वर्षा भइरहेकामा आजदेखि पश्चिम नेपालमा वर्षा विस्तार हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ । अबको तीन दिन मुलुकभर मौसम बदली रहने मौसमविद् रोजन लामिछानेले बताए । बिहान खुलेजस्तो भए पनि विस्तारै दिउँसोदेखि मौसम बदली र वर्षा हुने उनको भनाइ छ । आजदेखि पश्चिममा अर्को प्रणाली पनि विकास हुने उनले जानकारी दिए ।
उच्च चापीय प्रणाली कमजोर हुने र न्यून चापीय प्रणालीका साथै पश्चिमी न्यून चापीय प्रणालीसमेत जोडिएर बदली गराउने मौसमविद् लामिछानेले जानकारी दिए । यसले हावाहुरी, चट्याङ र असिना पानी गराउने मौसमविद्ले बताएका छन् । कतैकतै भारी वर्षा पनि गराउने छ ।

हाल मुलकका पहाडी र हिमाली भागमा साधारणतया बादल लागेको छ । गण्डकी प्रदेशका केही स्थान तथा कोशी र बागमती प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिमलगायत बाँकी प्रदेशका पहाडी र हिमाली भागमा  साधारणतया बादल लाग्ने छ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ ।

#वर्षापूर्वानुमान #मौसम #पानीपर्ने #पश्चिमनेपाल #WeatherUpdate #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

Nepal life insuranceimagesimages