ट्रम्पको होर्मुज क्षेत्रको सुरक्षाको प्रस्तावप्रति कुनै देशले देखाएनन् चासो

 

काठमाडौँ । चीनले क्षेत्रीय तनाव अन्त्य गर्न सबै पक्षलाई संयम अपनाउन आग्रह गरेको छ । चीनले ऊर्जा आपूर्ति स्थिर राख्नु सबै देशको साझा जिम्मेवारी भएको पनि जनाएको छ ।

चिनियाँ दूतावासका अधिकारीहरूले जारी गरेको प्रतिक्रियामा वर्तमान अवस्थालाई थप जटिल बनाउन नहुने र संवादमार्फत समाधान खोजिनु आवश्यक रहेको उल्लेख गरिएको छ ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन, फ्रान्स, जापान, दक्षिण कोरिया र बेलायतलाई स्ट्रेट अफ होर्मुज क्षेत्रमा तेल बोक्ने जहाजको सुरक्षाका लागि आफ्ना युद्धपोत पठाउन आग्रह गरेका थिए ।

तर हालसम्म कुनै पनि देशले ट्रम्पको प्रस्तावलाई सार्वजनिक रूपमा स्वीकार गरेको छैन । बेलायतको रक्षा मन्त्रालयका प्रवक्ताले अमेरिकी सञ्चारमाध्यमसँग कुरा गर्दै सहयोगी देशहरूसँग मिलेर क्षेत्रका जहाजहरूको सुरक्षा कसरी सुनिश्चित गर्ने भन्ने विषयमा अन्य विकल्पबारे छलफल भइरहेको बताएका छन् ।

जापानका अधिकारीहरूले स्थानीय सञ्चारमाध्यमलाई बताएअनुसार केवल ट्रम्पको आग्रहका आधारमा जापानले युद्धपोत पठाउने निर्णय नगर्ने बताएका छन्। उनीहरूले जापानले आफ्ना निर्णय स्वतन्त्र रूपमा गर्ने पनि स्पष्ट पारेका छन् ।

फ्रान्सले पनि युद्धपोत नपठाउने स्पष्ट संकेत दिएको छ। दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालयले भने ट्रम्पको प्रस्तावलाई सावधानीपूर्वक अध्ययन गर्ने र यस विषयमा अमेरिकासँग नजिकबाट सम्पर्कमा रहने जनाएको छ।

 

Nepal life insuranceimagesimages