आजका लागि विदेशी मुद्राहरूको विनिमयदर: अमेरिकी र अस्ट्रेलियन डलरको मूल्य बढ्यो, युरोको घट्यो

 

नेपाल राष्ट्र बैंकले आज का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।

आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, पाउन्डसहितका केही मुद्राको मूल्य बढेको छ। तर, युरो, कुवेती र बहराइन दिनारसहित कतिपय मुद्रा भने सस्तिएका नेपाल राष्ट्र बैंकले जनाएको छ।

विगत केही दिनदेखि युरोको विनिमयदर लगातार घिरहेको छ।

आज अमेरिकी डलर १ को खरिददर १४७ रुपैयाँ ५८ पैसा र बिक्रीदर १४८ रुपैयाँ १८ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिददर १४७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४८ रुपैयाँ २४ पैसा थियो।

गएको चैत २९ गते अमरिकी डलर १ को खरिददर १४७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४८ रुपैयाँ २४ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो।

त्यसैगरि आज युरो १ को खरिददर १६९ रुपैयाँ ३४ पैसा र बिक्रीदर १७० रुपैयाँ ०३ पैसा छ। हिजो युरो १ को खरिददर १६८ रुपैयाँ ५५ पैसा र बिक्रीदर १६९ रुपैयाँ २४ पैसा थियो।

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १९५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १९६ रुपैयाँ ६१ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर १९५ रुपैयाँ २७ पैसा र बिक्रीदर १९६ रुपैयाँ ०६ पैसा थियो।

आज अस्ट्रेलियन डलर १ को खरिददर १०४ रुपैयाँ ०४ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४७ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०३ रुपैयाँ ०७ पैसा र बिक्रीदर १०३ रुपैयाँ ४९ पैसा थियो।

त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४८० रुपैयाँ ७२ पैसा र बिक्रीदर ४८२ रुपैयाँ ६७ पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४८१ रुपैयाँ ७० पैसा र बिक्रीदर ४८३ रुपैयाँ ६५ पैसा थियो।

आज बहराइन दिनार १ को खरिदर ३९० रुपैयाँ ९४ पैसा र बिक्रीदर ३९२ रुपैयाँ ५३ पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ३९१ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३९२ रुपैयाँ ६४ पैसा थियो।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

हेर्नुहोस् सबै मुद्राको विनिमय दर

#Forex #ExchangeRate #DollarRate #NepalEconomy #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

Nepal life insuranceimagesimages