जनताले भरोसा गरेका छन्, यसलाई जोगाउन जिम्मेवार बनौँः उपसभापति वाग्ले

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले हालै सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीलाई जनताले गरेको ऐतिहासिक विश्वासलाई जोगाउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ ।
रास्वपाले आयोजना गरेको सांसदहरुको अभिमुखिकरण कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले जनताले अत्याधिक भरोसा गरेर अत्यन्तै बलियो वैधता दिएको बताउनु भयो । रास्वपाप्रति जनतामा अत्याधिक आशा रहेकोले त्यसलाई कार्यान्वयनमार्फत न्याय गर्नुपर्ने उहाँको भनाई छ । उहाँले जनतामा विकास निर्माण र सुशासनको ठूलो हुटहुटी रहेको बताउनु भयो । त्यसलाई पूरा गर्न रास्वपालाई स्पष्ट म्याण्डेड दिएर पठाएको उहाँको भनाई छ । अब जनताको आकांक्षा र भरोसाबाट भाग्ने छुट पार्टिलाई नभएको उहाँले बताउनु भयो ।

उहाँले २०१५ सालको पहिलो लोकतान्त्रिक निर्वाचनसँग तुलना गर्दा अहिलेको उपलब्धि ठूलो भएको बताउनु भयो । त्यसबेला विपी कोईराला नेतृत्वको नेपाली काँग्रेसले स्पष्ट दुईतिहाई बहुमत पाएपनि लोकप्रिय मत ३८ प्रतिशत मात्रै पाएको उहाँको भनाई छ । हालैको निर्वाचनमा रास्वपाले करिव दुईतिहाइ सिटसहित ४८ प्रतिशत लोकप्रिय मत प्राप्त गरेको भन्दै उहाँले यसलाई अभूतपूर्व जनादेश भएको बताउनु भयो । उपसभापति वाग्लेले जनादेशलाई जोगाउन विगतका सरकारहरूको अस्थिरताबाट पाठ सिक्नुपर्ने आवश्यकता औंल्याउनु भयो । २०४८ सालमा नेपाली काँग्रेसको बहुमत सरकार आन्तरिक विवादका कारण पूरा कार्यकाल टिक्न नसकेको उहाँको भनाई छ । २०६४ सालमा माओवादी नेतृत्वको सरकार छोटो समयमै विघटन भएको र २०७४ सालमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्पष्ट बहुमत पनि दीर्घकालीन रूपमा टिक्न नसकेको उहाँले स्मरण गर्नुभयो । उहाँले यस्तो बलियो जनादेश नेपालमा अभूतपूर्व रहेको उल्लेख गर्दै यसलाई जोगाउन विगतका कमजोरीबाट सिक्दै स्थायित्व र सुशासनतर्फ अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।

May be an image of dais and text that says "राष्ट्रिय स्वतन्ता पाटा नवनिवाचित सासद भेमुसीव યाल ROYAL ROYALTULIP TULIP गो श โว"

उहाँले भन्नुभयो, ‘हालै भएको प्रतिनिधिसभा सदस्यको निर्वाचन ऐतिहासिक रह्यो । त्यो ऐतिहासिक जनमतलाई न्याय गर्ने जिम्मेवारीवोध हामी सबैमा हुनुपर्छ । २००७ सालपछि हामी लोकतान्त्रिक यात्राको उकाली ओरालीमा आरोहअवरोह खेप्दै आएका छौँ । पहिलो लोकतान्त्रि निर्वाचन २०१५ सालमा भयो, अहिले हामीले हासिल गरेको उपलब्धि त्यो २०१५ सालकै लोकतान्त्रिक निर्वाचनसँग दाँज्न सकिन्छ । तर त्यो भन्दा पनि दुई कदम अगाडी हाम्रा उपलब्धिहरु लिपिवद्ध भएका छन् । २०१५ सालमा विपी कोईराला पहिलो प्रधानमन्त्री हुनुभयो, त्यतिबेला १०९ वटा स्थानमा निर्वाचन भएका थिए । उहाँले नेतृत्व गर्नुभएको दलले ७४ सिट ल्याएको थियो । स्पष्ट दुईतिहाई ल्याएको पार्टीले पनि पपुलर भोट ३८ प्रतिशत थियो । अहिले हाम्रो स्थिति लगभग दुईतिहाई छ, १८२ सिट । तर पपुलर भोट हामीले ५१ लाख नघाएर ४८ प्रतिशत भोट हामीले पाएका छौँ । यो जनादेशलाई असाध्यै गह्रौँ बैधता हामीले लिएका छौँ । यसलाई समालेर, जोगाएर यो आशा, भरोसालाई न्याय गर्ने त्यो ऐतिहासिक जिम्मेवारीबोध हामी सबैमा हुनुपर्छ । २०४८ सालमा स्पष्ट नेपाली काँग्रेसले स्पष्ट बहुमत ल्याएको थियो, आर्थिक सुधारका नितिहरु पनि राम्रा थिए तर आन्तरिक खिचातानी व्यवस्थापन गर्न नसक्दा पुर्ण ५ वर्ष कार्यकाल टिक्न सकेन । द्वन्द्वलाई व्यवस्थाप गर्दै २०६४ सालमा पनि अर्को यस्तै जनादेश पाएको अर्को सरकार आयो तर माओवादीले ९ महिना पनि सरकार टिकाउन सकेन । २०७४ मा एमाले र माओवादी मिलेर स्पष्ट बहुमत थियो, त्यो पनि लामो समय टिक्न सकेन । तीन वर्षपछि त्यो बिग्रियो । त्यसकारण हामीलाई जुन जनादेश आएको छ, स्कोपको हिसाबले, म्याण्डेडका हिसाबले नेपालमा नै अभुतपुर्व यो हो । यसलाई जोगाउन उहाँहरुबाट हामीले पाठ सिक्नुपर्छ ।’ 

उहाँले नवनिर्वाचित सांसदहरुलाई जिम्मेवारका साथ प्रश्तुत हुन पनि सुझाव दिनुभयो । उहाँले पारदर्शी जीवनशैली अपनाउन, जथाभावी अभिव्यक्ति नदिन, जनताको गुनासालाई ध्यान दिन आग्रह गर्नुभयो । उहाँले कानुन तथा नेपालको संविधानलाई गहिरोसंग अध्ययन गर्न पनि सांसदहरुलाई सुझाव दिनुभयो ।

#SwarnimWagle #NepalPolitics #PublicTrust #Leadership #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

Nepal life insuranceimagesimages