

काठमाडौँ । ब्राजिल राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले सार्वजनिक गरेको नयाँ टोलीमा नेइमारलाई फेरी बाहिर राखेका छन् ।
आगामी मैत्रीपूर्ण खेलमा फ्रान्स र क्रोएसियाविरुद्ध खेल्ने टोली घोषणा गर्दा बाहिर राखेपछि राष्ट्रिय टिममा अब नेइमारको फुटबल भविष्य बारे प्रश्न उठाइएको छ ।

टिममा नपरेपछि नेइमारले सामाजिक सञ्जाल असन्तुष्ट बनेको संकेतसहितको आफ्नो तस्बीर पोष्ट गरेका छन् । यस निर्णयले सन् २०२६ को विश्वकपमा उनको सहभागिताबारे प्रश्न उठाएको छ । लामो समयपछि सान्तोस क्लबमा फर्किएका नेइमारले पुनः आफ्नो लयमा फर्किने प्रयास गरिरहेका थिए । तर बारम्बारको चोट र नियमित खेल्न नपाउदा उनको प्रदर्शन प्रभावित भएको देखिएको छ ।
नेयमारले सन् २०२३ अक्टोबरपछि ब्राजिलका लागि खेलेका छैनन्। उरुग्वेविरुद्धको खेलमा गम्भीर घुँडाको चोट लागेपछि उनी लामो समय बाहिर रहे । त्यसयता पनि मांसपेशीसम्बन्धी समस्या दोहोरिँदा उनी पूर्ण रूपमा फिट हुन सकेका छैनन् ।

प्रशिक्षक एन्सेलोटीले पूर्ण रूपमा फिट भएका खेलाडीलाई मात्र टोलीमा स्थान दिने स्पष्ट गरेका छन् । उनले हालै सान्तोसको खेल अवलोकन गर्दा पनि नेयमार मांसपेशी थकानका कारण मैदानमा उत्रन सकेका थिएनन् ।
यसपटक ब्राजिलले आक्रमण पंक्तिमा युवा खेलाडीलाई प्राथमिकता दिएको छ । टोलीमा भिनिसियस जुनियर, राफिन्हा, गाब्रिएल मार्टिनेली र जाओ पेड्रो जस्ता खेलाडी समावेश छन् । मध्यपंक्तिमा कासेमिरो र फाबिन्हो जस्ता अनुभवी खेलाडी छन् भने रक्षापंक्तिमा मार्किन्होस र गाब्रिएल मागाल्हाएस समावेश छन् ।
ब्राजिलका सर्वाधिक गोलकर्ता नेइमार अब अन्तिम विश्वकप टोली घोषणा हुनुअघि उनी पुनः आफ्नो उत्कृष्ट प्रदर्शनमा फर्किन सक्छन् कि सक्दैनन् भन्नेमा सबैको चासो केन्द्रित भएको छ ।
ब्राजिलको टिम
गोलकिपर:
एलिसन (लिभरपुल)
बेन्टो (अल नासर)
एडरसन (फेनेरबासे)
सेन्ट्रल ब्याक:
ब्रेमर (युभेन्टस)
गेब्रियल मागाल्हेस (आर्सनल)
इबानेज (अल अहली)
लियो परेरा (फ्लेमेन्गो)
मार्किनहोस (पेरिस सेन्ट जर्मेन)
फुल ब्याक:
एलेक्स स्यान्ड्रो (फ्लेमेन्गो)
ड्यानिलो (फ्लेमेन्गो)
डगलस सान्तोस (जेनिट)
वेस्ली (रोमा)
मिडफिल्डर:
एन्ड्री सान्तोस (चेल्सी)
कासेमिरो (म्यानचेस्टर युनाइटेड)
डानिलो (बोटाफोगो)
फाबिन्हो (अल इत्तिहाद)
गेब्रियल सारा (गालाटासारे)
फरवार्ड:
एन्ड्रिक (लियोन)
गेब्रियल मार्टिनेली (आर्सनल)
इगोर थियागो (ब्रेन्टफोर्ड)
जोआओ पेड्रो (चेल्सी)
लुइज हेनरिक (जेनिट)
म्याथ्युस कुन्हा (म्यानचेस्टर युनाइटेड)
राफिन्हा (बार्सिलोना)
रायन (बोर्नमाउथ)
भिनिसियस जुनियर (रियल म्याड्रिड)
#Brazil #Neymar #Football #TeamSquad #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD



