स्पाइडर म्यानको नयाँ सिरिज ‘ब्रान्ड न्यू डे’ को पहिलो मोशन पोस्टर सार्बजनिक

 

काठमाडौँ । लोकप्रिय सुपरहिरो पात्र स्पाइडर म्यानका प्रशंसकका लागि नयाँ फिल्मबारे राम्रो खबर आएको छ । स्पाइडर म्यानको नयाँ सिरिज ‘ब्रान्ड न्यू डे’ नाम दिइएको फिल्मको पहिलो मोशन पोस्टर सार्वजनिक गरिएको छ ।

मोशन पोस्टरमा टम होल्यान्डले अभिनय गरेको स्पाइडर म्यानलाई एक्सन दृश्यमा देखाइएको छ । यसपटकका दृश्यहरू अघिल्ला फिल्महरूको तुलनामा बढी गम्भीर र तीव्र देखिएका छन् । पोस्टरको सुरुआत पुनर्जन्मको संकेतबाट गरिएको छ, जसले अघिल्लो कथापछि पात्रको यात्रामा नयाँ मोड आउने संकेत गर्छ । फिल्मको ट्रेलर आगामी १८ मार्चमा सार्वजनिक हुने बताइएको छ । यो फिल्मको निर्देशन डेस्टिन डेनियल क्रेटनले गरेका हुन् । यसअघि सिरिजका फिल्महरू जोन वाट्सले निर्देशन गरेका थिए ।

घोषणाअघि सामाजिक सञ्जालमा फिल्मसँग सम्बन्धित साना दृश्यहरू सार्वजनिक भई चर्चामा आएका थिए, जसले दर्शकको उत्साह झन् बढाएको थियो । अब दर्शकहरू ट्रेलरको प्रतीक्षामा छन् ।

यो फिल्म स्पाइडर म्यानको रूपमा टम होल्यान्डको चौथो एकल फिल्म हुनेछ भने यो पात्रको रूपमा उनको सातौं उपस्थितिसमेत हुने बताइएको छ । अघिल्लो फिल्म स्पाइडर-म्यान: नो वे होम निकै सफल बनेको थियो । सोनी पिक्चर्सको सहयोगमा निर्माण गरिएको यो फिल्म आगामी जुलाई ३१ मा प्रदर्शनमा आउने तयारी छ ।

#SpiderMan #BrandNewDay #Marvel #MotionPoster #MovieUpdate #Entertainment #नेपाल #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

Nepal life insuranceimagesimages