

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाली जनताले रास्वपालाई इतिहासमा कसैलाई नगरेको विश्वास गरेको बताएका छन् ।
नवनिर्वाचित सांसदहरुको दुई दिवसीय अभिमुखीकरण कार्यक्रमको समापन समारोहमा सम्बोधन गर्दै सभापति लामिछानेले नेपाली जनताले रास्वपालाई इतिहासमा कसैलाई नगरेको विश्वास गरेको बताएका हुन् ।

लामिछानेले नवनिर्वाचित सांसदहरुलाई निर्देशन दिदै यस अघिको जस्तो हल्कारुपमा प्रस्तुत नहुन आग्रह गर्दै जिम्मेवार हुन आग्रह गरेका थिए ।
उनले पार्टीको हित विपरित काम नगर्न र पार्टी अनुशासनमा बस्न चेतावनी दिदै रास्वपाको विधानमा ‘राइट टु रिकल’ को व्यवस्था रहेको सम्झाएका थिए । उनले कुनै पनि किसिमको अराजकतालाई स्वीकार नगर्ने बताउदै ‘राइट टु रिकल’ लाई लागु गर्ने स्पष्ट गरेका छन् ।
#रविलामिछाने #RSP #NepalPolitics #सांसद #अनुशासन #नेपालसमाचार #PoliticsNews #नेपाल #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD



