इरान युद्धको विरोध गर्दै अमेरिकी राष्ट्रिय आतंकवाद विरोधी केन्द्रका निर्देशक जो केन्टद्वारा राजीनामा

 

अमेरिकी राष्ट्रिय आतंकवाद विरोधी केन्द्रका निर्देशक जो केन्टले मंगलवार सामाजिक सञ्जालमार्फत आफ्नो पदबाट राजीनामा दिने निर्णय गरेको घोषणा गर्नुभएको छ । उहाँले इरानमा चलिरहेको युद्धलाई आफ्नो अन्तस्करणले समर्थन गर्न नसक्ने बताउनु भयो  इरानले अमेरिकालाई कुनै आसन्न खतरा खडा नगरेको र अमेरिकाले इजरायल र यसको शक्तिशाली अमेरिकी लबीको दबाबका कारण यो युद्ध शुरु गरेको बताउनु भयो ।

राष्ट्रपति डोनाल्ड ट्रम्पलाई लेखेको पत्रमा केन्टले यस प्रशासनको शुरुमै, उच्च पदस्थ इजरायली अधिकारीहरू र अमेरिकी मिडियाका प्रभावशाली सदस्यहरूले एउटा भ्रामक अभियान चलाएको बताउनु भयो । फेब्रुअरी २८ मा संयुक्त राज्य अमेरिका र इजरायलले इरानमा आक्रमण शुरु गरेदेखि कम्तिमा १३ अमेरिकी सैनिक मारिएका छन् ।

वाल स्ट्रिट जर्नलको शुक्रवारको रिपोर्टअनुसार अन्य १० जना गम्भीर घाइते भएका छन् भने करिव २ सय जना सामान्य घाइते भएका छन् । एक शिर्ष अमेरिकी आतंकवाद विरोधी अधिकारीको राजीनामाले इरान युद्धलाई लिएर ट्रम्प प्रशासनमाथि बढ्दो दबाबलाई संकेत गर्दछ । यो राजीनामा डेमोक्रेटिक सांसदहरू, व्यापारिक नेताहरू र ट्रम्पकै आफ्नै समर्थन आधारका केही वर्गहरूबाट भइरहेको तिब्र आलोचनाको बीचमा आएको हो । क्विनिपियाक युनिभर्सिटीको हालैको सर्वेक्षण अनुसार ५३ प्रतिशत मतदाताहरूले इरानविरुद्धको अमेरिकी सैन्य कारबाहीको विरोध गरेका छन् भने ४० प्रतिशतले यसलाई समर्थन गरेका छन् ।

यसमा उच्च स्तरको दलीय विभाजन देखिएको छ । ८९ प्रतिशत डेमोक्र्याट र ६० प्रतिशत स्वतन्त्र मतदाताहरूले इरानविरुद्धको अमेरिकी सैन्य कारबाहीको विरोध गर्छन् । जबकि ८५ प्रतिशत रिपब्लिकनहरूले यसलाई समर्थन गर्छन् । समग्रमा रिपब्लिकनहरूको बलियो समर्थन भएपनि ट्रम्पका कार्यहरूले केही रिपब्लिकनहरूबाट बढ्दो शंका र आलोचनाको सामना गरिरहेका छन् । यसले मेक अमेरिका ग्रेट अगेन आन्दोलनका केही समर्थकहरूमाझ पनि असन्तुष्टि पैदा गरेको छ ।

#Iran #USA #JoeKent #War #Resignation #USPolitics #InternationalNews #WorldNews #नेपाल #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

 

Nepal life insuranceimagesimages