आज चैते दशैको घटस्थापना, कति बेला छ शुभसाइत ?

 

काठमाडौँ । आज चैते दशैको घटस्थापना परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज  चैते दशैको घटस्थापनाको शुभ साइत विहान ७ बजेर ५१ मिनेटमा रहेको जानकारी दिएको छ ।

चैते दशैको घटस्थापनामा उत्तर फर्केर घटस्थापना गर्न समितिले आग्रह गरेको छ ।

चैते दशैँकै दिन मर्यादा पुरुष श्री राम आफ्नो १४ वर्षे वनबास सकाएर अयोध्या फर्किएको अवसरमा मनाइएको भन्ने मान्यता पनि छ । बनबासबाट सकुशल आगमन भएकोमा अयोध्यावासीलगायत सबैले असत्यमाथि सत्यको जितको रूपमा चैते दशै मनाएका हुन् भन्ने सामाजिक कथन एवं विश्वास रहेको छ ।

#चैतेदशैं #घटस्थापना #शुभसाइत #NepalFestival #HinduFestival #Culture #Tradition #नेपाल #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

Nepal life insuranceimagesimages