

पर्यटन मन्त्रालयको बुधवारको आधिकारिक प्रतिवेदनअनुसार कम्बोडियाको पर्यटनले सन् २०२५ मा ३.८७ बिलियन अमेरिकी डलर कुल राजश्व आर्जन गरेको छ । जुन अघिल्लो वर्षको ३.६३ बिलियन डलरको तुलनामा ६.६ प्रतिशतले बढी हो । प्रतिवेदनकाअनुसार गत वर्ष राजश्वमा वृद्धि भएपनि यस दक्षिणपूर्वी एशियाली देशमा आउने अन्तर्राष्ट्रिय पर्यटकहरूको संख्या भने अघिल्लो वर्षको ६७ लाखबाट करिव १७ प्रतिशतले घटेर ५५ लाख ७० हजारमा झरेको छ ।

पर्यटन उद्योगले ४ लाख २० हजार प्रत्यक्ष रोजगारी सिर्जना गरेको पनि प्रतिवेदनमा उल्लेख छ । गार्मेन्ट, जुत्ता र ट्राभल सामानको निर्यात, कृषि, र निर्माण तथा घरजग्गा बाहेक पर्यटन कम्बोडियाको अर्थतन्त्रलाई टेवा पु¥याउने चार स्तम्भहरूमध्ये एक हो । पर्यटन मन्त्री हुओट हाकले हालै कम्बोडिया एक सुरक्षित र न्यानो पर्यटकीय गन्तव्य भएको बताउनु भयो ।

कम्बोडियामा हाल युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत पाँचवटा साइटहरू छन् । जसमा अंगकोर पुरातात्विक पार्क, प्रेह विहियरको मन्दिर, साम्बोर प्रेई कुकको मन्दिर क्षेत्र, कोह केर पुरातात्विक साइट, र कम्बोडियन मेमोरियल साइटहरू पर्दछन् । यसका साथै यहाँका चार दक्षिणपश्चिमी प्रान्तहरू प्रेह सिहानोक, कम्पोट, केप, र कोह कोङमा करिव ४ सय ५० किलोमिटरसम्म फैलिएको सफा र सुन्दर समुन्द्री तट रहेको छ ।
#Cambodia #Tourism #Economy #Revenue #TravelIndustry #GlobalEconomy #InternationalNews #नेपाल #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD



