

काठमाडौँ । इरानका सुरक्षा प्रमुख अली लारिजानीको हत्या भएको घटनाप्रति चीनले आपत्ति जनाएको छ ।

चीनले उच्च तहका नेताको हत्या गर्नु र सर्वसाधारणलाई निशाना बनाउनु गलत भएको स्पष्ट पारेको छ । चीनका प्रवक्ता लिन जियानले यस्ता घटनाले विश्वमा तनाव अझ बढाउने बताएका छन् ।
इजरायलको आक्रमणमा लारिजानीको मंगलबार मृत्यु भएको थियो भने बुधबार इरानको इस्लामिक क्रान्तिकारी गार्डले लारिजानीको मृत्युको पुष्टि गरेको थियो ।
त्यस्तै इजरायलको आक्रमणमा इरानका गुप्तचर मन्त्री इस्माइल खातिब र रक्षामन्त्री अजीज नासिरजादेहको पनि मृत्यु भएको छ ।



