लमजुङमा सबैभन्दा बढी २५.२ र काठमाडौँको बबरमहलमा २०.४ मिलिमिटर पानी पर्यो

 

काठमाडौं । काठमाडौँ उपत्यकासहित देशका धेरै स्थानमा हावाहुरी र असिनासहित बर्षा भएको छ ।  काठमाडौंमा पनि वर्षा भएको छ भने कालो बादलका करण अध्यारो भएको छ । त्यस्तै काठमाडौँका विभिन्न स्थानमा असिनासहित बर्षा भईरहेको छ ।

जल तथा मौसम विज्ञान विभागले साँझ बागमती प्रदेशमा सबैभन्दा बढी काठमाडौँको बबरमहलमा २०.४ मिलिमिटर पानी परेको जानकारी दिएको छ ।

त्यस्तै विभागले अहिले सातै प्रदेशका विभिन्न जिल्लाहरूमा मेघगर्जन र चट्याङ सहित पानी परिरहेको र पछिल्लो एक घण्टामा सबैभन्दा बढी पानी लमजुङको बेसी शहरमा २५.२ मिलिमिटर परेको जनाएको छ ।

विभागले आज  राती  र भोलीसम्म मधेश प्रदेश लगायत कोशी, बाग्मती, लुम्बिनी प्रदेशको तराई र पहाडी भूभागमा  हावाहुरी चल्ने सम्भावना रहेको उल्लेख गर्दै यस कारण कमजोर रुख ढल्ने, कमजोर संरचना र छाना उड्ने, विद्युत तथा सञ्चार सेवा साथै हवाई तथा सडक यातायात समेत प्रभावित हुने जोखिम रहन सक्ने हुँदा त्यसको असरबाट बच्न आवश्यक उपाय  तथा सतर्कता अपनाउन अनुरोध गरेको छ ।

यो प्रणालीलाई यस महाशाखाले निरन्तर अनुगमन गरिरहेको छ र सोही अनुसार नियमित रूपमा अद्यावधिक गरिने जानकारी दिएको छ ।

 

Nepal life insuranceimagesimages