

नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। हिजो उच्च दरमा बढेका सबैजसो विदेशी मुद्राको विनिमयदर आज स्थिर छ।
मूल्य बढेर हिजो अमेरिकी डलरको भाउ हालसम्मकै सबैभन्दा महँगो बनेको थियो भने अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहितका मुद्राको मूल्य पनि उच्चदरमा बढेको थियो।
आज अमेरिकी डलर १ को खरिददर १४९ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५० रुपैयाँ ५२ पैसा छ। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो।


त्यसैगरि आज युरो १ को खरिददर १७३ रुपैयाँ १२ पैसा र बिक्रीदर १७३ रुपैयाँ ८१ पैसा छ।
आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०० रुपैयाँ ३८ पैसा र बिक्रीदर २०१ रुपैयाँ १९ पैसा छ।
आज अस्ट्रेलियन डलर १ को खरिददर १०५ रुपैयाँ ८९ पैसा र बिक्रीदर १०६ रुपैयाँ ३१ पैसा छ।
त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४८८ रुपैयाँ ०६ पैसा र बिक्रीदर ४९० रुपैयाँ ०२ पैसा छ।
आज बहराइन दिनार १ को खरिदर ३९६ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३९७ रुपैयाँ ९३ पैसा छ।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।
वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।
हेर्नुहोस् सबै मुद्राको विनिमय दर




