पोखरा विमानस्थलमा करोडौंको अनियमितता: प्रदीप अधिकारीसहित २१ जनाविरुद्ध पोखरा विमानस्थलको दोस्रो भ्रष्टाचार मुद्दा (पूर्णपाठ)

 

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार भएको भन्दै दोस्रो मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार तत्कालीन पर्यटन सचिव केदारबहादुर अधिकारी, पूर्व महानिर्देशक प्रदिप अधिकारीसहित २१ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।

अख्तियारले २ कम्पनीलाई पनि प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशकहरू संजिव गौतम, राजन पोखरेल, प्रदीप अधिकारीसमेत २१ जना र ठेकेदार कम्पनी चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेड र परामर्शदाता ERMC/A-not/Slate JV ले सार्वजनिक सम्पत्तिको हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको अख्तियारले जनाएको छ ।

उनीहरुले ४६ करोड १५ लाख ८४ हजार ४३४रुपैयाँ बराबरको सार्वजनिक सम्पत्ति हानि नोक्सानी गरेको ठहर गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

#PokharaAirport #CorruptionCase #PradeepAdhikari #NepalNews #AntiCorruption #Transparency #Akhitiyar #Pokhara #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

Nepal life insuranceimagesimagesimages