रोनाल्ड अराउजोको गोलमा बार्सिलोना विजयी

 

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले रायो भल्लेकानोविरुद्ध संघर्षपूर्ण जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा बार्सिलोनाले रायो भल्लेकानोलाई १-० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा खेलको २४औं मिनेटमा रोनाल्ड अराउजोले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो जितपछि बार्सिलोनाको २९ खेलमा ७३ अंक रहेको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ । त्यस्तै रायो भल्लेकानोको भने २९ खेलमा ३२ अंक रहेको छ र लिगमा १४औं स्थानमा रहेको छ ।

#BarcelonaWin #RonaldAraujo #BarcaVictory #LaLiga #FootballNews #SportsUpdate #NepalSports #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

Nepal life insuranceimagesimagesimages