विश्वव्यापी ऊर्जा संकटका बीच अस्ट्रेलिया र सिंगापुरबीच महत्वपूर्ण सहमति

 

काठमाडौँ । विश्वव्यापी ऊर्जा संकटका बीच अस्ट्रेलिया र सिंगापुरबीच महत्वपूर्ण सहमति भएको छ । दुवै देशले तेल र ग्यासको आपूर्ति निरन्तर कायम राख्न मिलेर काम गर्ने निर्णय गरेका हुन् ।

यो सहमति विशेषगरी डिजेल र तरलीकृत ग्यासको आपूर्तिलाई केन्द्रमा राखेर गरिएको बताइएको छ । दुवै देशले ऊर्जा आपूर्ति प्रणालीलाई मजबुत बनाउने, एकअर्कालाई सहयोग गर्ने र व्यापारलाई सहज राख्ने प्रतिबद्धता जनाएका छन् ।

विश्वभर ऊर्जा अभाव बढिरहेका बेला यो कदम चालिएको हो। होर्मुज जलडमरुमा देखिएको अवरोधलाई यसको मुख्य कारणका रूपमा हेरिएको छ ।

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले अन्तर्राष्ट्रिय साझेदार र दीर्घकालीन मित्र राष्ट्रसँग सहकार्य गर्दै आवश्यक इन्धन आपूर्ति सुनिश्चित गर्न लागिपरेको बताएका छन् ।

त्यस्तै, सिंगापुरका प्रधानमन्त्री लरेन्स वोंगसँग भएको सहमतिअनुसार डिजेल तथा तरलीकृत ग्यासजस्ता अत्यावश्यक वस्तुको आवतजावत सहज बनाइने उनले जानकारी दिएका छन् । मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावसँग जुध्न दुवै देशले सहकार्यलाई अझ मजबुत बनाउने बताएका छन् ।

#GlobalEnergyCrisis #AustraliaSingaporeAgreement #EnergyCooperation #InternationalRelations #Sustainability #EnergyNews #NepalNews #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

Nepal life insuranceimagesimagesimages