इरान युद्ध बारे पहिलो पटक बोल्दै मोदीले भने- होर्मुज बन्दको प्रयास अस्वीकार्य

 

काठमाडौँ । पश्चिम एसियामा बढ्दो तनावबीच भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलोपटक सार्वजनिक रूपमा प्रतिक्रिया दिएका छन् । भारतीय संसदमा बोल्दै उनले क्षेत्रीय तनाव अन्त्य हुनुपर्ने र समस्याको समाधान वार्तामार्फत मात्रै सम्भव रहेको बताएका छन् । उनले नागरिक र ऊर्जा संरचनामाथि हुने आक्रमण अस्वीकार्य रहेको उल्लेख गर्दै होर्मुज जलडमरु बन्द गर्ने प्रयास पनि स्वीकार्य नहुने स्पष्ट पारेका छन् ।

मोदीले भारतमा तेल र ग्यास संकट हुन नदिन सरकार सक्रिय रहेको बताए । उनका अनुसार अहिले भारतले २७ देशबाट बढाएर ४१ देशबाट ऊर्जा आयात गरिरहेको जानकारी दिदै पश्चिम एसियामा बसोबास गर्ने करिब एक करोड भारतीय नागरिकको सुरक्षालाई उच्च प्राथमिकता दिइएको उनले बताए ।

उनले हालसम्म ३ लाख ७५ हजारभन्दा बढी भारतीय सुरक्षित रूपमा स्वदेश फर्किसकेको जानकारी दिए । इरानबाट मात्रै करिब एक हजार नागरिक फर्किएको र तीमध्ये ७ सयभन्दा बढी चिकित्सा अध्ययनरत विद्यार्थी रहेको उल्लेख गरे ।

यसैबीच रुसले पनि जारी द्वन्द्व समाधानका लागि वार्ताको मार्ग अपनाउनुपर्ने धारणा राखेको छ। क्रेमलिनका प्रवक्ताले सैन्य कारबाहीभन्दा राजनीतिक र कूटनीतिक पहलबाट मात्र तनाव कम गर्न सकिने बताएका छन् ।

#CPNUMLE #YogeshBhattarai #PartyReform #PoliticalDiscussion #NepalPolitics #PublicSuggestion #NepalNews #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

Nepal life insuranceimagesimagesimages