ट्रम्प भन्छन्- इरानसँग वार्ता सकारात्मक, उर्जा केन्द्रको सैन्य आक्रमण पाँच दिनका लागि स्थगित

 

काठमाडौँ । अमेरिका र इरानबीच हालै भएको वार्ता सकारात्मक रहेको जनाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि हुने भनिएको उर्जा केन्द्रको सैन्य आक्रमण पाँच दिनका लागि स्थगित गरेका छन् ।

सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उनले पछिल्ला दुई दिनमा भएको वार्ता निकै उपयोगी र रचनात्मक रहेको उल्लेख गर्दै उर्जा केन्द्रमा गर्ने आक्रमण पाँच दिनका लागि स्थगित गरेको बताएका हुन् । मध्यपूर्वमा जारी तनाव समाधानतर्फ वार्ता अगाडि बढेको उनले दाबी गरेका छन् ।

उनले भनेका छन्- ‘म यो जानकारी गराउन चाहन्छु, संयुक्त राज्य अमेरिका र इरानले पछिल्ला दुई दिनमा पूर्ण समाधानको बारेमा धेरै राम्रो र उत्पादक कुराकानी गरेका छन् । यी मध्ये गहन, विस्तृत र रचनात्मक कुराकानीहरूको आधारमा, हप्ताभरि जारी रहनेछ, मैले युद्ध विभागलाई इरानी पावर प्लान्टहरू र ऊर्जा पूर्वाधार विरुद्धको कुनै पनि सैन्य आक्रमण पाँच दिनको अवधिको लागि स्थगित गर्न निर्देशन दिएको छु ।’

ट्रम्पका अनुसार यी छलफलहरू यसै साता पनि जारी रहनेछन् । वार्ताको वातावरण सकारात्मक देखिएकाले इरानका ऊर्जा केन्द्र र पूर्वाधारमाथि हुने भनिएको सबै सैन्य कारबाही पाँच दिनका लागि रोकिएको हो ।

यसअघि ट्रम्पले होर्मुज जलडमरु नखुलेमा इरानका ऊर्जा संरचनामा आक्रमण गर्ने चेतावनी दिएका थिए । यद्यपि, केही दिनअघि मात्र उनले इरानसँग युद्धविराममा जान इच्छुक नरहेको बताएका थिए । अहिले भने वार्तामार्फत समाधान खोज्ने संकेत देखिएको छ ।

#DonaldTrump #IranTalks #PositiveDialogue #MilitaryAttackPostponed #EnergyCenterCrisis #GlobalPolitics #InternationalNews #NepalNews #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

Nepal life insuranceimagesimagesimages